Logo

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, ७ लाख ३३ हजारले ज्यान गुमाए (अपडेट)

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, ७ लाख ३३ हजारले ज्यान गुमाए (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड २३ लाख नाघेको छ भने ७ लाख ३३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड २३ लाख ५ सय २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ७ लाख ३३ हजार ९ सय ९५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १ करोड २८ लाख ९७ हजार ९ सय ८५ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ६५ हजार ६१७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ५१ लाख ९९ हजार ४४४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४७ हजार ८४९ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ५३४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३० लाख ३५ हजार ५८२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५९३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख १ हजार १३७ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ हजार ४६६ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ११७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ लाख १४ हजार १३७ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL