Logo

यी कम्पनीले ल्याउँदैछन् कोरोना भ्याक्सिन, भ्याक्सिनको मूल्य कति पर्ला ?

यी कम्पनीले ल्याउँदैछन् कोरोना भ्याक्सिन, भ्याक्सिनको मूल्य कति पर्ला ?



काठमाडौं । कोरोना भाइरसको भ्याक्सिन यस वर्षभित्र नै उत्पादन भइसक्ने निश्चितप्रायः छ । रुसी कम्पनि उत्पादनको तयारीमा छ । अमेरिकी, युरोपेली, चिनियाँ र भारतीय कम्पनि पनि उत्पादनको योजनासहित सक्रिय छन् । भ्याक्सिन त आउला तर मुल्य कति पर्ला रु भ्याक्सिन बजारमा यसबारे चासो बढेको छ ।

laxmi

भ्याक्सिन उत्पादनका लागि विभिन्न सामाजिक संघसंस्थाले फन्डिङ पनि गरेकाले मुल्य चर्को नपर्न सक्छ । तर, सँसारभर प्रयोगमा आउनसक्ने भएकाले भ्याक्सिनको अरबौं डलरको बजार लिनसक्ने अवस्था छ । त्यसैले भ्याक्सिन छिटो विकास गर्ने दौडमा शक्तिशाली देशका नाम चलेका कम्पनिहरु लागिपरका छन् ।

कोरोना भाइरसको भ्याक्सिन विकास गरिरहेको कम्पनिमध्ये एक हो सेरम इन्स्टिच्युट अफ इन्डिया । मात्राको हिसाबले विश्वकै बढी खोप उत्पादन गर्ने सेरमले सन् २०२१ को शरुमै भ्याक्सिन विकास गर्ने योजना अनुसार काम बढाएको छ ।

सेरमले उत्पादन गर्न लागेको भ्याक्सिनको मुल्य प्रतिडोज तीन डलर मात्र पर्ने जनाइएको छ । सेरमले एकैपटक १० करोड डोज उत्पादन गर्ने योजना बनाएको छ । जसको मूलय तीन डलर अर्थात् नेपाली रुपैयाँ ३६० पर्न जान्छ ।

सेरमले बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनमार्फत् भ्याक्सिन विकासका लागि १५ करोड डलर फन्डिङ प्राप्त गरेको छ । सेरमको अक्सफोर्ड युनिभर्सिटी आस्ट्राजेनेका र नोभाभाक्ससँग भ्याक्सिन विकासका लागि सम्झौता गरेको छ । उनीहरुले भ्याक्सिन अनुमोदन गरिएपछि उत्पादनका लागि सेरम तयार भएको छ ।

मोर्डनाले कोभिड १९ को भ्याक्सिनको मुल्य प्रतिडोज ५० देखि ६० डलर अर्थात् नेपाली रुपैयाँ सात हजारसम्म लिने गरी तयारी गर्दैछ । अर्को अग्रपंक्तिमा रहेको भ्याक्सिन उत्पादक कम्पनि पिफिजरले प्रतिडोज ४० डलर अर्थात् नेपाली रुपैयाँ पाँच हजार मुल्यको योजना बनाएको छ ।
सेरम कम्पनिले नै यसअघि अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिनको प्रतिडोज २० डलर अर्थात् नेपाली २५ सय रुपैयाँ जति राख्ने तयारी गरेको थियो ।

मार्डना कम्पनिले भ्याक्सिन अमेरिकामा प्रतिडोज ३९ डलरमा विक्री गर्ने तयारी समेत गरेको छ । तर, अन्य बजारमा मुल्य घटबढ हुनसक्छ ।


अस्ट्राजेनेका, जोनसन एन्ड जोनसन र पिफिजरले भ्याक्सिनबाट नाफा खाने उद्देश्य राखेका छैनन् । उनीहरुले विना नाफा भ्याक्सिन कम मुल्यमा विक्री गर्ने तयारी गरेका छन् । मोर्डनाले भने भ्याक्सिन विना नाफा नबेच्ने जनाइसकेको छ ।- एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL