Logo

कोरोना भ्याक्सिनबारे नयाँ तथ्य सार्वजनिक, भ्याक्सिनले ५० देखि ६० प्रतिशत मात्र संक्रमण रोक्न सक्ने

कोरोना भ्याक्सिनबारे नयाँ तथ्य सार्वजनिक, भ्याक्सिनले ५० देखि ६० प्रतिशत मात्र संक्रमण रोक्न सक्ने



काठमाडौं । अमेरिकाका बरिष्ठ कोरोना विशेषज्ञ डा एंथोनी फाउजीले सार्वजनिक स्वास्थ्य सुरक्षाको उपाय नै कोरोना भाइरस संक्रमण कम गर्ने मुख्य हतियार रहेको बताएका छन् ।

laxmi

कोरोना भ्याक्सिनको प्रयोगले ५० देखि ६० प्रतिशत मात्र संक्रमण रोक्न सक्ने भएको भन्दै फाउसीले स्वास्थ्य सुरक्षा नै पहिलो प्राथमिकता रहेको बताएका हुन् ।

भ्याक्सिनको प्रयोग कत्तिको प्रभावकारी हुन्छ भन्ने पत्ता लागिनसकेको अवस्थाम महामारी नियन्त्रणका लागि यो नै उत्तम विकल्प रहेको डा। फाउजीको भनाई छ ।

अमेरिका कोरोना भाईरस संक्रमणको उच्च चपेटामा परेको छ । त्यहाँ हालसम्म ४९ लाख भन्दा बढी संक्रमित भईसकेका छन् भने १ लाख ६० हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।

यसैवीच, अकेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले महामारीका कारण उत्पन्न आर्थिक संकटसंग लड्नका लागि तयार पारिएको विशेष राहत प्याकेजसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन् ।

यसमार्फत करदाता र बेरोजारहरुलाई राहत प्याकेज दिईने अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । कोरोना संकटका कारण अमेरिकामा १० दशमलब २ प्रतिशतले बेरोजगारीको दर बढेको छ । जुन सन् २००८ को आर्थिक संकटपछिको धेरै रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL