Logo

देश र परिवारको जिम्मेवारी सँगसँगै सम्हालिरहेकी विश्वकै कान्छी प्रधानमन्त्री मरिन भन्छिन-प्रधानमन्त्रीकै रुपमा बच्चा जन्माउँछु

देश र परिवारको जिम्मेवारी सँगसँगै सम्हालिरहेकी विश्वकै कान्छी प्रधानमन्त्री मरिन भन्छिन-प्रधानमन्त्रीकै रुपमा बच्चा जन्माउँछु



काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिनले आफ्नो पदमा रहँदै बच्चालाई जन्म दिने बताएकी छन् ।

laxmi

विश्वकै कान्छी प्रधानमन्त्री मानिएकी ३४ बर्षकी उनले एक पत्रिकालाई आफु पदमा रहेकै अवस्थामा बच्चा जन्माउने योजनामा रहेको बताएकी हुन् । यसपछि उनी पदमा रहँदै बच्चा जन्माउने तेस्रो नेतृ हुनेछिन् ।

आफ्नी २ बर्षकी छोरी एम्मालाई साथी र घरमा नयाँ सदस्यको आवागमन हुने भएपछि उनी हर्षित छन् । उनले एक पत्रिकासँगको अन्तरवार्तामा आफ्नो करियर रहेसम्मका लागि बच्चा नजन्माउने निर्णय गर्न नसकेको बताईन ।

किनकी आफ्नो पदभन्दा ठुलो जिम्मेवारी उनले आफ्नो परिवारको लिएकी छन् । उनले गत बर्ष मात्रै ५ ओटा पार्टीको गठबंधन सरकारको पालामा आफ्नो कदम प्रधानमन्त्री पदमा राखेकी थिईन ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले आफु ३८ बर्षकी हुँदा पदमै एक शिशुलाई जन्म दिएकी थिईन । यस्तै पाकिस्तानकी बेनाजिर भुट्टोले पनि सन १९९० मा पदमा रहेको बेला बच्चालाई जन्म दिएकी थिईन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL