Logo

एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो, संचालन खर्चमा ७ अर्ब नाफा

एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो, संचालन खर्चमा ७ अर्ब नाफा


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको जानकारी दिएको छ ।

घुसखोरी काण्ड बापत भुक्तानी गर्नु परेको ३ अर्ब ६० करोड युरो जरिवाना तथा ए ४०० एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नु परेको बिहीबार कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले आफ्नो संचालन खर्चमा भने करिब ७ अर्ब युरो नाफा भएको जानकारी दिएको छ । सन् २०१९ मा ८६३ वटा बिमान बिक्री गरेको एयरबस कम्पनीले सन् २०२० मा भने करिब ८८० वटा व्यावसायिक बिमान बिक्री गर्ने योजना बनाएको छ ।

एयरबसका प्रमुख कार्यकारी अधिकृत गिलम फरीले भने, ‘हामीले सन् २०१९ मा राम्रै प्रगति गरेका हौं । हामीले व्यावसायिक बिमान निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेका छौं, र ग्राहकको विश्वास जित्न सफल भएका छौं ।’ एयसबसले बिमान बिक्री गर्ने सन्दर्भमा भएको भ्रष्टाचारको छानबिन टुङ्ग्याउन बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकालाई ३ अर्ब ६० करोड युरो भुक्तानी गर्न सहमति जनाएको छ /(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्
MBL