Logo

अन्ततः आठ देशका नागरिक अमेरिका छिर्न प्रतिवन्ध, अमेरिकी सर्वोच्च अदालतले गर्यो सदर

अन्ततः आठ देशका नागरिक अमेरिका छिर्न प्रतिवन्ध, अमेरिकी सर्वोच्च अदालतले गर्यो सदर



वासिङ्टन । अमेरिकी विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो ।

राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सारेका थिए । अमेरिकी राष्ट्रपटि ट्रम्पले लगाएको प्रतिवन्धलाई प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरेपछि प्रतिबन्धले कानुनी मान्यता पाएको हो ।

राष्ट्रपति ट्रम्पले गत वर्ष नै सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको आदेशात्मक कानुन बनाएका थिए । तर, सो कानुनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि ह्वाइट हाउस स्वयंकै यस मुद्दा सर्वोच्च अदालत पुगेको थियो ।

विश्वका केही देश, मानवअधिकारवादी र अमेरिकी अधिकारवादीहरुले यसरी कुनै निश्चित देशका नागरिकलाई अमेरिका छिर्न नपाउने भनी गरेको निर्णयको विरोध गरेका थिए ।

तर मङ्गलबार अमेरिकी सर्वोच्च अदालतले भने ट्रम्पको निर्णय सदर गरिदिएको छ । यो मुद्दाको फैसला न्यायाधीशको बहुमत संख्याको आधारमा गरिएको बताइएको छ ।

उक्त मुद्धाको फैसलामा ४ जना न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ जनाले भने ती मुस्लिम देश बाहुल्य भएका र अरु २ गरी ८ देशका नागरिकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाउनुपर्ने पक्षमा मत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL