Logo

सबै सरकारी उद्योग निजीकरण गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा, पाकिस्तान एयरलाइन्स पनि बिक्रि हुने

सबै सरकारी उद्योग निजीकरण गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा, पाकिस्तान एयरलाइन्स पनि बिक्रि हुने



काठमाडौं । चरम आर्थिक संकटबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले रणनीतिकरूपमा महत्वपूर्ण संस्था बाहेक सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा गरेका छन् ।

laxmi

इस्लामाबादमा मंगलबार आयोजित निजीकरण मन्त्रालय र निजीकरण आयोगसँग सम्बन्धित मामिलाको समीक्षा बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री शरिफले रणनीतिक सरकारी उद्योग बाहेक नाफा वा घाटा गर्ने अन्य सबै उद्योगलाई निजीकरण गर्ने बताए । बैठकमा निजीकरण मन्त्रालय र निजीकरण आयोगले निजीकरण कार्यक्रम २०२४–२९ को मार्गचित्र प्रस्तुत गरेको एआरवाई न्यूजले जनाएको छ ।

प्रधानमन्त्री सरिफले लगानीकर्तालाई सहजीकरण गर्ने बाहेक राज्यको व्यवसाय सञ्चालनमा कुनै सरोकार नभएको बताए । उनले राज्यको स्वामित्वमा रहेका उद्योगको निजीकरणले करदाताको पैसा बचत हुने र सरकारले जनतालाई गुणस्तरीय सेवा उपलब्ध गराउन सक्ने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री सरिफले यस सम्बन्धमा आवश्यक कदम चाल्न र निजीकरण आयोगलाई सहयोग गर्न सबै संघीय मन्त्रालयलाई निर्देशन दिए । उनले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स कम्पनी लिमिटेड (पीआईए) को निजीकरणलगायतका बिडिङ तथा अन्य महत्वपूर्ण कदमको प्रत्यक्ष प्रसारण गर्न निर्देशन दिए । बैठकमा पीआईएको निजीकरणका लागि पूर्वयोग्यता प्रक्रिया यसै महिनाको अन्त्यसम्ममा सम्पन्न हुने जानकारी दिइएको छ। बैठकमा विद्युत् वितरण कम्पनीको निजीकरणलाई निजीकरण कार्यक्रम २०२४–२०२९ मा समावेश गरिएको बताइएको छ ।

घाटामा रहेका सरकारी उद्योगलाई प्राथमिकताका आधारमा निजीकरण गर्ने र यसको प्रक्रियालाई तीव्रता दिन निजीकरण आयोगमा पूर्व–दक्ष विज्ञको प्यानल नियुक्ति भइरहेको जानकारी बैठकमा दिइएको थियो । बैठकको एक दिनअघि संघीय अर्थमन्त्री महम्मद औरङजेबले सबै सम्बन्धित मन्त्रालय र डिभिजनलाई आ–आफ्नो राज्यको स्वामित्वमा रहेका उद्यमको वर्गीकरणका लागि मे २० भित्र प्रस्ताव पेश गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL