Logo

बजारमा सरकारको सीधा हस्तक्षेप, अब सरकारले प्रतिकिलो २९ रुपैयाँमा चामल बेच्ने

बजारमा सरकारको सीधा हस्तक्षेप, अब सरकारले प्रतिकिलो २९ रुपैयाँमा चामल बेच्ने



काठमाडौं । भारतमा पछिल्लो एक वर्षमा चामलको खुद्रा मूल्यमा १५ प्रतिशतले वृद्धि भएको छ। यसैबीच भारत सरकारले उपभोक्तालाई राहत दिन मंगलबार प्रतिकिलो २९ रुपैयाँ (नेपाली ४६।४० रुपैयाँ) मा ‘भारत चामल’ उपलब्ध गराएको छ । ‘भारत आटा र ‘भारत दाल’ पछि भारत सरकारले यो योजना सुरु गरेको हो । खाद्य तथा उपभोक्ता मामिला मन्त्री पियुष गोयलले ५ किलो र १० केजीका प्याकेजमा उपलब्ध सहुलियतपूर्ण चामल सार्वजनिक गरे । यसक्रममा उनले सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन सरकार लागिपरेको बताए ।

laxmi

गोयलले भने‘ जब थोक हस्तक्षेप (मूल्य नियन्त्रण गर्न) ले धेरै मानिसहरूलाई फाइदा गरिरहेको थिएन, मूल्य स्थिरता कोषअन्तर्गत खुद्रा हस्तक्षेप सुरु भयो ।’ उनले खुद्रा हस्तक्षेपअन्तर्गत मध्यमवर्गीय उपभोक्ता र गरिबलाई राहत दिन ‘भारत ब्रान्ड’ अन्तर्गत प्रतिकिलो २९ रुपैयाँमा चामल बिक्री गरिने बताए । प्रत्येक किलोग्राम भारत चामलमा पाँच प्रतिशत टुक्रा चामल हुनेछ। सरकारको प्रयासले टमाटर र प्याजको मूल्य ह्वात्तै घटाउन मद्दत पुगेको छ ।

मन्त्री गोयलले भने, ‘भारत आटा बेच्न थालेदेखि छ महिनामा गहुँको मुद्रास्फीति शून्य भएको छ । हामीले चामलमा पनि त्यस्तै प्रभाव देख्नेछौं।’ उनले मध्यमवर्गीय जनताको थालमा चल्ने उपभोग्य वस्तुको मूल्य स्थिर रहेको बताए । गोयलले भने, ‘सरकार दैनिक अत्यावश्यक वस्तुहरू सुलभ दरमा उपलब्ध गराउन सक्रिय छ।’ उनले ‘भारत चामल’ बिक्री गर्ने १०० वटा मोबाइल भ्यानलाई झण्डा देखाएर पाँच लाभार्थीलाई पाँच किलोको प्याक वितरण गरेसँगै यसको विक्री खुला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL