Logo

अमेरिकामा अहिलेसम्मकै ठूलो गोली काण्ड मच्चाउने को हुन् रोबर्ट कार्ड ? के छ विगत ?

अमेरिकामा अहिलेसम्मकै ठूलो गोली काण्ड मच्चाउने को हुन् रोबर्ट कार्ड ? के छ विगत ?



काठमाडौँ । अमेरिकामा गोलीकाण्डका घटना अझै नियन्त्रण हुन सकेका छैनन् । अमेरिकाको लेविस्टनमा बुधबार राति भएको गोलीकाण्डमा २२ जनाको ज्यान गयो भने ५० बढी घाइते भए । जसमा धेरैको अवस्था निकै गम्भीर रहेको जनाइएको छ । उनीहरू अझै अस्पतालमा उपचाररत छन्, यस्तो अवस्थामा मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

laxmi

अमेरिकाको सबैभन्दा ठूलो गोली काण्ड मानिएको यस घटनाको मुख्य दोषी रोबर्ट कार्ड रहेको जनाइएको छ । सिएनएनका अनुसार राज्य प्रहरीले आफ्नो बुलेटिनमा ४० वर्षीय रोबर्ट दर्तावाल बन्दुक प्रशिक्षक भएको बताएको छ । उनले मानिसहरूलाई बन्दुक कसरी प्रयोग गर्ने भनेर सिकाउने गर्दथे, जो उनी सेनाबाट अवकाश प्राप्त हुन् ।

यसअघि उनी घरेलु हिंसाको मुद्दामा पनि पक्राउ परिसकेका व्यक्ति भएको पनि खुलेको छ । यति मात्र होइन उनी मानसिक रोगी समेत रहेको र मानसिक अस्पतालमा उपचार गराइरहेको समेत प्रहरीले जनाएको छ । समाचार अनुसार रोबर्टले अनौठो आवाजमा बोल्दथे । उनले हालै मात्सारै कोमा रहेको नेशनल गार्ड बेसमा गोली हानेर धम्की समेत दिएका थिए ।

यसअघि प्रहरीले बुधबार साँझ सेमी अटोमेटिक राइफल बोकेका एक व्यक्तिको दुई तस्बिर फेसबुकमा सार्वजनिक गरेको थियो । तस्बीरहरूले खैरो हुडी र जीन्स लगाएको दाह्री भएको मानिसलाई गोली चलाउने स्थितिमा हतियार समातेको देखाएको छ ।
प्रहरीका अनुसार रोबर्टको दुई पटक सम्बन्धविच्छेद भइसकेको छ । उनी तीन सन्तानका पिता हुन् । उनीसँग घरेलु हिंसा र अन्य अपराधको इतिहास बोकेका ब्यक्ति समेत हुन् । उनी यसअघि पनि पटक पटक पक्राउ परेका थिए । सो घटनापछि अमेरिकन प्रहरीले लेविस्टनका स्थानीय बासिन्दालाई घरभित्रै बस्न सल्लाह दिएको छ । यससँगै प्रहरीले रोबर्ट कार्डको खोजी गरिरहेको छ तर उनी अझै प्रहरीको पहुँचबाट बाहिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL