Logo

भारतलाई झड्का, पूरै अरुणाचल र दक्षिण चीन सागरमा दाबी गर्दै चीनले जारी गर्‍यो नयाँ नक्सा

भारतलाई झड्का, पूरै अरुणाचल र दक्षिण चीन सागरमा दाबी गर्दै चीनले जारी गर्‍यो नयाँ नक्सा



काठमाडौं । चीनले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । भारतको अरुणाचल प्रदेश, अक्साई चीन क्षेत्र र ताइवानलाई चिनियाँ भूमिका रूपमा नयाँ चिनियाँ नक्सामा समेटिएको छ । अगस्ट २१ मा प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गरेको हो ।

laxmi

ग्लोबल टाइम्सका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘सन् २०२३ का लागि देशको नक्सा सार्वजनिक भएको हो । यो नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको छ । यो नक्सा चीन र विश्वका अन्य देशको रेखाचित्र पद्धतिको आधारमा बनाइएको हो ।’

चीनले सार्वजनिक गरेका नयाँ नक्साको भारतभर विरोध सुरु भएको छ । भारतका सञ्चारमाध्यम चीनको आलोचना र विरोधमा उत्रिएका छन् । भारतले मात्र नभएर ताइवानले पनि चीनको विरोध गरेको छ । चीनले भारतको अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा बताउँदै उक्त क्षेत्रलाई आफ्नो जंगनान प्रान्त भन्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL