Logo

वैदेशिक लगानी आकर्षित गर्न प्रवेशाज्ञाको नयाँ व्यवस्था, लगानीकर्तासँगै विदेशी श्रमिकले पनि आवासीय भिसा पाउने

वैदेशिक लगानी आकर्षित गर्न प्रवेशाज्ञाको नयाँ व्यवस्था, लगानीकर्तासँगै विदेशी श्रमिकले पनि आवासीय भिसा पाउने



काठमाडौं । वैदेशिक लगानी आकर्षित गर्न श्रीलङ्का सरकारले प्रवेशाज्ञामा नयाँ व्यवस्था गरेको छ । बन्दरगाह शहर कलम्बोमा विदेशीलाई लगानी, रोजगारी र आवासीय प्रवेशाज्ञा जारी गर्ने अनुमति अध्यागमन विभागलाई दिइएको छ ।

laxmi

अध्यागमन विभागसँगको समन्वयमा कलम्बो पोर्ट सिटी इकनमिक कमिसनले अब लगानीकर्ता, लगानीकर्तासँगै रोजगारीमा आउने श्रमिक तथा अन्य विदेशी नागरिकलाई आवासीय प्रवेशाज्ञा जारी गर्ने अधिकार दिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावर्देनाले बताएका छन् ।

गृहमन्त्री तिरन एलेसको प्रसतावलाई सरकारले स्वीकार गर्दैै कलम्बो पोर्ट सिटी इकनमिक कमिसनलाई प्रवेशाज्ञा जारी गर्ने अधिकार दिइएको मङ्गलबार यहाँ भएको पत्रकारसम्मेलनमा मन्त्रिपरिषदेका प्रवक्ताले बताए ।

प्रवेशाज्ञाको नयाँ व्यवस्थाबाट विदेशी लगानी भित्र्याउत तथा बन्दरगाह शहरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको प्रवक्ता गुनावर्देनाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL