Logo

एसियाका सबैभन्दा ठूला दानीहरूमध्ये ३ भारतीय, फोर्ब्सको सूचीमा झण्डै १ खर्ब दान गरेका अडानी शीर्ष स्थानमा

एसियाका सबैभन्दा ठूला दानीहरूमध्ये ३ भारतीय, फोर्ब्सको सूचीमा झण्डै १ खर्ब दान गरेका अडानी शीर्ष स्थानमा



काठमाडौं । फोर्ब्सले एसियाका सबैभन्दा ठूलो परोपकारीको सूची सार्वजनिक गरेको छ । जसमा भारतका गौतम अडानी, शिव नाडर र अशोक सुताको नाम समावेश छ। यसबाहेक मलेसियाली–भारतीय व्यापारी ब्रह्मल वासुदेवन र उनकी वकिल पत्नी शान्ति कन्डियाको नाम पनि यो सूचीमा छ। उनीहरु भारत र मलेसियामा परोपकारमा खर्च गरिरहेका छन् ।

अडानी हाल एसियाकै सबैभन्दा धनी व्यक्ति हुन् र अडानी समूहका प्रमुख हुन् । यस वर्षको जुनमा उनले ६० वर्षको उमेर पुगेपछि सामाजिक काममा ६० हजार करोड भारतीय रुपैयाँ खर्च गर्ने कुरा गरेका थिए । अडानीले आफ्नो पैसा स्वास्थ्य, शिक्षा र सीप विकासमा खर्च भइरहेको दाबी गरेका छन् ।

एचसीएल टेक्नोलोजीका संस्थापक अध्यक्ष शिव नाडर एन्ड परिवार सूचीमा छन्। शिव नाडर एचसीएल टेक्नोलोजी लिमिटेड र शिव नाडर फाउन्डेशनका संस्थापक र अध्यक्ष एमेरिटस हुन्। एचसीएलका शिव नाडार पनि कुनै पनि रैंकिंग बिना सूचीमा छन्। यस वर्ष उनले ११, ६०० करोड दान गरेका छन् । सो रकमबाट विद्यालय र कलेज निर्माण भइरहेका छन् ।

अशोक सुताले चिकित्सा अनुसन्धानका लागि ट्रस्टलाई ६०० करोड रुपैयाँ दान गरेका छन् । उनले यो ट्रस्ट २०२१ मा बनाएका थिए। अशोक सुता ह्याप्पिएस्ट माइन्ड्स टेक्नोलोजीका कार्यकारी अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस्
MBL