Logo

क्यानडाद्धारा चिनियाँ कम्पनीसँगको खनिज सम्झौता खारेज, चीनलाई धक्का

क्यानडाद्धारा चिनियाँ कम्पनीसँगको खनिज सम्झौता खारेज, चीनलाई धक्का



काठमाडौं । क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ । राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा क्यानडा पुगेको हो । साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन आदेश पनि दिएको छ ।

क्यानडाका विज्ञान एवम् उद्योगमन्त्री फ्रान्कोइस फिलिप स्याम्पेनले खनिज क्षेत्रमा संलग्न देशका कम्पनीको लगानीको समीक्षापछि सरकार उक्त निर्णयमा पुगेको बताएका छन् । मन्त्री स्याम्पेनका अनुसार प्रत्यक्ष वैदेशिक लगानीलाई स्वागत गर्ने देशको नीति भएपनि मुलुकको राष्ट्रिय सुरक्षा तथा महत्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा समस्या हुन नदिन उक्त निर्णय गरिएको हो ।

चीनले विश्वभरका दुर्लभ खनिज तत्वमाथि आफ्नो प्रभुत्व कायम गरिरहेका बेला क्यानडाको उक्त निर्णय सार्वजनिक भएको छ । धातु एवम् खनिजमा आत्मनिर्भर बन्ने बेइजिङको प्रयासमा तुषारापात भएको छ । चीनले आफै धेरै खनिज उत्पादन नगरे पनि क्यानडालगायत देशबाट आवश्यक कच्चा पदार्थ प्राप्त गर्न ती मुलुकमा भारी मात्रामा लगानी गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL