SCT


GBIME

४१ देशका १८ करोड मानिस भोकमरीको चपेटामा पर्ने एफएओको प्रक्षेपण, अफ्रिकी देश बढी प्रभावित


बिजखबर संवाददाता
21 August, 2022 4:34 pm

४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्ने एफएओको प्रक्षेपण, अफ्रिकी देश बढी प्रभावित

काठमाडौं । मार्टिन कोफलाई आफ्नो पारिवारिक कम्पनी जिङ्क पावर जिएमबिएच सञ्चालन गर्न प्राकृतिक ग्यास नभइ हुँदैन । उनको स्टिल कारखानाका निम्ति प्राकृतिक ग्यास अपरिहार्य वस्तु हो जसले उनका स्टिलका उत्पादनलाई खिया लाग्न दिँदैन ।

NLIC
Lamxi_bank

बोन बाहिर अवस्थित जिङ्कपावर कारखानालाई हरेक दिन २५ लाख युरो बराबरको ६ हजार टन जस्तालाई तरल अवस्थामा राख्न प्राकृतिक ग्यास चाहिन्छ । मोटरकारका पार्टपुर्जा, सौर्य प्यानल, भवनमा चाहिने धातुका सामान, वायुबाट ऊर्जा उत्पादन गर्न प्रयोग हुने टर्बाइनको धातुलाई आवश्यकताअनुसार तोडमोड गरी लचिलो तुल्याउन प्राकृतिक ग्यास नभइ हुँदैन ।

रूसले युक्रेनमा आक्रमण गरेको एक वर्ष भइसकेको छ तर त्यसको घातक परिणाम विश्वअर्थतन्त्रमा परेको छ । युक्रेन आक्रमणको छ महिनापछि नै दुई हजार आठ सयभन्दा बढीलाई रोजगारी दिने जिङ्कपावरजस्ता कम्पनीलाई कच्चा पदार्थको प्राप्ति अति चुनौतीपूर्ण बनेको छ । प्राकृतिक ग्यास अधिक महँगोमात्र भएको छैन युद्धको विभिषिकाले विश्वअर्थ व्यवस्थालाई नै तहसनहस तुल्याउने जोखिम बढेको छ । रूसले आफूमाथि लादिएको पश्चिमा राष्ट्रहरूको प्रतिबन्धको बदला लिन युरोपेली देशमा आपूर्ति बन्द गरेमा मार्टिन कोफजस्ता सयौँ लगानीकर्ताको पूँजी डुब्नेछ । युरोपको कठ्याङ्ग्रिने शिशिर याममा पर्याप्त इन्धन आपूर्ति भएन वा भण्डारणको व्यवस्था भएन भने परिस्थिति अझ भयावह हुने निश्चित छ ।

वर्तमान परिस्थितिलाई विश्लेषण गरेर जर्मनी सरकारले प्राकृतिक ग्यास वितरणमा कडाइ गरेमा वा कोटा निर्धारण गरेमा स्टिल उत्पादन कारखाना, औषधि उत्पादक कम्पनीदेखि व्यावसायिक रूपमा कपडा धुने उद्योगहरू अपाङ्ग हुनसक्छन् । जस्तापाता निर्माता कम्पनीहरूको सङ्गठनका अध्यक्षसमेत रहेका मार्टिन ग्यासको आपूर्ति रोकिएमा उनका सबै उपकरण नष्ट हुनेछन् ।

कोरोना भाइरसको महामारीले विश्वव्यापी व्यापारलाई ध्वस्तप्रायः पारेको दुई वर्षपछि विश्वभरका सरकार, व्यवसाय र परिवारले युद्धले निम्त्याएको आर्थिक प्रभावको लेखाजोखा गर्ननसकिने स्थिति छ । बजार भाउले आकाश छोएको छ । आर्थिक मन्दीको निकटमा रहेका युरोपेली देशलाई बढ्दो ऊर्जा लागतले आगामी शिशिरमा चिसो र अँध्यारोमा जीवन बिताउनुपर्ने चिन्ताले सताएको छ । खाद्यान्नको उच्च मूल्य र अभाव, युक्रेन र रूसबाट भएको मल र खाद्यान्न ढुवानीको कटौतीले विकासोन्मुख देशहरूमा व्यापक भोकमरी र अशान्ति सृजना गर्ने चिन्ता पनि उत्तिकै बढाएको छ ।

युगाण्डाको राजधानी कम्पाला बाहिर किराना पसल सञ्चालन गर्दै आएकी राहेल गामिशालाई आफ्नो देशभन्दा धेरै टाढा युक्रेनमा रूसले गरेको आक्रमणले साना व्यापार व्यवसायमा चोट पुगेको लाग्छ । पेट्रोलजस्ता अत्यावश्यक वस्तुको मूल्य रूस–युक्रेन युद्धले बढाएको उनको ठम्म्याइ छ । केही दिनअघि सात डलरमा बेचबिखन भएको एक ग्यालन पेट्रोलको मोल १७ डलर पुगेको र आगामी साता सोही परिमाणको इन्धनलाई २५ डलर पुग्ने सम्भावना छ । उनल नयाँ कुरा पनि पत्ता लगाएकी छन् । कुनै वस्तुको मूल्य वृद्धि नभए पनि त्यसको तौलमा हुने सङ्कुचन । एक हजार ग्रामको रोटी आठ सय पचास ग्राममा घट्दा पनि उही मूल्य तिर्नु परेको छ ।

रूस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले एक वर्षभन्दा कम अवधिकमा चौथो पटक विश्वव्यापी अर्थतन्त्रप्रतिको आफ्नो दृष्टिकोण र प्रक्षेपण घटाउनु प¥योभने ऋण उपलव्ध गराउने यो विश्व वित्तीय संस्थाले यो वर्ष तीन दशमलब २ प्रतिशत वृद्धिको अपेक्षा गरेको छ । यो सन् २०२१ को जुलाईमा अनुमान गरिएको चार दशमलब नौ प्रतिशत र गत वर्षको ६ दशमलब एक प्रतिशतभन्दा कम हो ।

कोरोना महामारीले मन्दीमा धकेलेको विश्व अर्थतन्त्रलाई दुई वर्ष फेरि चाँडै अर्को विश्वव्यापी मन्दीमा धकेल्न सक्ने चेतावनी कोषका प्रमुख अर्थशास्त्री पियरे ओलिभिएर गौरिञ्चसले दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले पनि खाद्यान्न र ऊर्जाको बढ्दो मूल्यवृद्धिले युक्रेन युद्धको पहिलो तीन महिनामा विश्वभरका सात करोड १० लाख सर्वसाधारण गरिबीमा फसेका बताएको छ । यसबाट बाल्कन र सब सहारा अफ्रिकी देश सबैभन्दा बढी प्रभावित भएका छन् । यो वर्ष ४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्नसक्ने प्रक्षेपण राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL