Logo

युरोपेली संघले गरिब देशहरुलाई २० करोड डोज खोप दिने, धनी राष्ट्रहरुलाई थप योगदानका लागि आग्रह

युरोपेली संघले गरिब देशहरुलाई २० करोड डोज खोप दिने, धनी राष्ट्रहरुलाई थप योगदानका लागि आग्रह



काठमाडौं । युरोपेली संघले न्युन आय भएका गरिव मुलुकहरुलाई कोरोनाभाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिव देशहरुलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिइन ।

ं‘गरिव राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ,’ युरोपेली संसदको बार्षिक बैठकमा उनले भनिन ।उनीहरुलाई उपलब्ध गराउने भनिएको खोप अर्को बर्ष सन् २०२२ को मध्य सम्ममा उपलब्ध हुनसक्ने उहाँले जानकारी दिइन ।

उनले संघको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सवैलाई आह्वान गरेकी छन् । गरिब देशहरुलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनु पर्नेमा समेत उनले जोड दिएकी छन् ।

विश्वका कतिपय देशहरुले अहिलेसम्म पनि कोरोनाभाइरस विरुद्धको खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय भएकाले धनी र शक्तिशाली राष्ट्रहरुले योगदान गर्नुपर्ने उनको भनाई छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL