Logo

जोनसनको सिंगल डोज खोपबारे दाबी : आठ महिनासम्म प्रभावकारी रहने, डेल्टा भेरियन्टबाट पनि बचाउने

जोनसनको सिंगल डोज खोपबारे दाबी : आठ महिनासम्म प्रभावकारी रहने, डेल्टा भेरियन्टबाट पनि बचाउने



काठमाडौं । जोनसन एण्ड जोनसनले आफुले विकास गरेको कोरोनाविरुद्धको खोपले कम्तिमा आठ महिनासम्म कोरोनाविरुद्ध प्रतिरक्षा (इम्युनिटी) दिने दाबी गरेको छ । जोनसन एण्ड जोनसनले एक विज्ञप्ति जारी गर्दै आफुले निर्माण गरेको खोपले आठ महिनासम्म इम्युनिटी बनाउने बताएको हो ।

जोनसनले आफुले बनाएको खोप अहिलेको खतरनाक भेरियन्ट डेल्टामा पनि प्रभावकारी रहेको बताएको छ । जोनसनले भनेको छ–‘हाम्रो पछिल्लो डाटाले एक डोज लगाए हुने जोनसनको यो खोप आठ महिनासम्म प्रभावकारी हुने देखिएको छ । आठ महिनासम्म बलियो इम्युनिटी विकास हुने देखिएको छ ।’

जोनसनका रिसर्च एण्ड डेभलपमेन्टका प्रमुख डाक्टर माथई माम्मेनले भनेका छन् । यसअघि मोडेर्ना र फाइजरले आफुले बनाएका खोपले कम्तिमा ६ महिनासम्म इम्युनिटी विकास गर्ने बताएका थिए ।

तर, सेन्ट लुइसस्थित वाशिंटन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा भने फाइजर र मोडेर्नाका खोप लगाएका स्वयंसेवकहरुलाई अध्ययन गर्दा एक बर्षसम्म पनि प्रभावकारी हुने देखिएको बताएका थिए । तर उनीहरुले जोनसनको सिंगल डोज खोपको भने अध्ययन गरेका थिएनन् ।

अमेरिकी वरिष्ठ भाइरल रोग विशेषज्ञ डा। एन्थोनी फाउचीले पनि जोनसनको सिंगल डोज खोप निकै प्रभावकारी देखिएको बताउँदै त्यसै कारणले आपतकालीन प्रयोगको अनुमाति पाएको बताएका छन् ।

हाल जोनसन र अमेरिकी नेशनल इन्स्टिच्युट अफ हेल्थले जोनसनको खोप दुई डोज लगाउदा कति समय र कस्तो प्रभाव हुनसक्छ भन्ने अध्ययन गरिरहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL