Logo

लुम्बिनी जनरल इन्स्योरेन्सको १५औं वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयर र नगद लाभांश प्रस्ताव पारित

लुम्बिनी जनरल इन्स्योरेन्सको १५औं वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयर र नगद लाभांश प्रस्ताव पारित



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कोभिड–१९ कारण उत्पन्न जोखिमलाई ध्यानमा राखि आवश्यक सुरक्षाका मापदण्डहरु अपनाई, भर्चुवल प्रविधीलाई समेत उपयोग गरी सभा सम्पन्न गरिएको थियो ।

laxmi

सभाले कम्पनीका अध्यक्ष मनोहर दास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५÷०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको छ ।

सभाले आ.ब. २०७५÷०७६ को मुनाफाबाट बिगतमा कम्पनीले जारी गरेको २०% हकप्रद शेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूंजी रु. १ अर्ब ५ करोड ६० लाखको ८.१२५% ले हुन आउने खुद रु. ८ करोड ५८ लाख बराबरको बोनस शेयर वितरण गर्ने र सो बाहेक कर प्रयोजनको लागि रु. ४२ लाख ९० हजार बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै सभामा सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेशराज रेग्मी र श्री कमल भटृराई आगामी चार बर्षको लागि निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको थियो । आ.ब. २०७५÷०७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८% ले बृद्धि भई रु. १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन गरेको कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL