काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब आमा हस्पिटलमा उपचार सेवामा विशेष छुट प्रदान गरिने भएको छ। कम्पनी र अस्पतालबीच भएको सहकार्यअनुसार अब बीमा ग्राहकले अस्पतालको विभिन्न सेवा उपभोग गर्दा ५० प्रतिशतसम्मको छुट पाउनेछन्।
सहयोग अनुसार क्याबिन बेडमा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत, अन्य सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गरिनेछ। साथै आकस्मिक अवस्थामा प्रयोग हुने एम्बुलेन्स सेवामा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ। अस्पतालको नियमित स्वास्थ्य परीक्षण ९हेल्थ चेकअप० प्याकेजमा पनि ४० प्रतिशत छुट उपलब्ध गराइनेछ।
यस छुट सुविधा लिनका लागि बीमितहरूले ‘आईएमई लाइफ मोबाइल एप’ मा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ। अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीद्वारा जारी गरिएको आधिकारिक परिचयपत्र पेस गरी सो सुविधा लिन सक्नेछन्।
आईएमई लाइफ इन्स्योरेन्सले यस किसिमको सहकार्य विस्तार गर्दै सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउने योजना अघि सारेको छ। कम्पनीले बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर रूपमा लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।