Logo

नेशनल फाईफ इन्स्योरेन्सका ३ जना अभिकर्ताहरु ३ महिनामै बने एमडिआरटी

नेशनल फाईफ इन्स्योरेन्सका ३ जना अभिकर्ताहरु ३ महिनामै बने एमडिआरटी



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल भएका हुन ।

laxmi

एमडिआरटी–२०२५ को लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । एमडिआरटी – २०२५ को लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिना भित्र सिओटी (कोर्ट अफ द टेवल) र टिओटी (टप अफ द टेवल) को लक्ष्य समेत पुरा गर्ने गरी बीमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गरेका थिए ।

एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनौट हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL