Logo

नेपाल लाइफद्वारा यती एयरलाइन्स दुर्घटनाका मृतक परिवारलाई एक करोड एक लाख भुक्तानी

नेपाल लाइफद्वारा यती एयरलाइन्स दुर्घटनाका मृतक परिवारलाई एक करोड एक लाख भुक्तानी



काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको गत माग १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति श्री कोपिला घर्ति क्षेत्री (आमा) लाई एक करोड एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

आफ्नो जीवनकालमा स्व : संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते ५०,००,००० रुपैयाँ बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिएका थिए । बीमाङ्क बापतको रकम अन्तर्गत ५०,००,००० रुपैयाँ र दुर्घंटना मृत्यु दावी बापत ५०,००,००० रुपैयाँ गरी जम्मा १,०१,००,००० रुपैयाँ इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको छ ।

२०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL