Logo

मुरारका भन्छन्, कम मुल्यलाई काम दिँदा निर्माणमा समस्या, ठेकेदार भाग्ने प्रवृत्ति बढ्दो

मुरारका भन्छन्, कम मुल्यलाई काम दिँदा निर्माणमा समस्या, ठेकेदार भाग्ने प्रवृत्ति बढ्दो


रामराजा श्रेष्ठ
27
Shares

Pashupati-Murarkaरामराजा श्रेष्ठ

३० असार, काठमाडौं । सरकारले टेण्डर प्रक्रियामा सवैभन्दा कम मुल्य हाल्लेलाई कामको जिम्मा दिदा निर्माणको काममा समस्या उत्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘ठेकेदारहरुले कामलाई आफ्नो पक्षमा पार्नका लागि लागतभन्दा कम मुल्यमा टेण्डर हालेका हुन्छन्,’ उनले भने, ‘जसले गर्दा ठेकेदारहरु काम नगरी भाग्ने प्रवृत्ति बढेको छ ।’

आगामी दिनमा कम मुल्यमाभन्दा पनि उचित मुल्यमा गुणस्तरिय काम गर्न सक्ने ठकेदारलाई कामको जिम्मा दिनुपर्ने उनको माग थियो । ‘कुनै पनि व्यवसायीले १ सय रुपैयाँको सामानलाई ६० रुपैयाँमा बेच्न सक्दैन तर ठेकेदारले आफ्नो पक्षमा पार्न कम मुल्यमा टेण्डर हालेका हुन्छन्,’ उनले भने, ‘सरकारले पनि राम्रोसँग नबुझी कम मुल्यमा टेण्डर हाल्नेलाई काम दिन्छ ।’ काम तथा सामानको गुणस्तर नहेरी कम मुल्यमा टेण्डर हाल्नेलाई कामको जिम्मा दिएकै कारण निर्माणका काम अन्योलमा परेको उनको भनाइ थियो ।

यता अर्थमन्त्री डा.रामशरण महतले भने नेपाली निर्माण व्यवसायीको कार्यक्षमतामा निकै सुधार गर्नु पर्ने बताएका छन् । ‘पछिल्लो समय निर्माणकार्य अघि बढ्न नसक्नुमा ठेकेदार पनि एक जिम्मेवार पक्ष हो,’ उनले भने, ‘एउटै ठेकेदारले बढी भन्दा बढी कामको जिम्मा लिने तर काम नगरी पेश्की लिएर भाग्ने प्रचलन बढेको छ ।’

हाल २ सय अर्व रुपैयाँभन्दा बढीको निर्माण कार्य भएको बताउँदै यसलाई समयमै सक्न सके देशले आर्थिक रुपमा फड्को मार्ने उनको भनाइ थियो । सो कार्यको लागि निर्माण व्यवसायीहरु सक्षम हुनुपर्ने समेत उनको भनाइ थियो । सरकारले निर्माण व्यवसायीका लागि आवश्कय सामग्रीका लागि सहुलियत दिएको बताउँदै समयमै निर्माण कार्य सम्पन्न गर्न थप सहयोग गर्न समेत तयार रहेको जानकारी दिए । ‘अहिले पनि सरकारले निर्माण समग्री आयातमा सहुलियत दिँदै आएको छ,’ उनले भने, ‘यो भन्दा बढी कुनै सुविधा चाहिएका भन्नुहोस सरकार तपाइहरुको माग पुरा गर्न तयार छ ।’ तर, निर्माण व्यवसायीले समयमै काम पुरा गर्नुपर्ने उनले जानकारी गराए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL