Logo

आवासीय घरमा पसल राख्न नपाइने, साँघुरो सडक नजिक सडक बनाउन रोक

आवासीय घरमा पसल राख्न नपाइने, साँघुरो सडक नजिक सडक बनाउन रोक


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

११ असार,काठमाडौं । सरकारले आवासीय भवनमा सटर वा पसल राख्न नदिने ब्यवस्था गर्न लागेको छ । भवन निर्माण सम्बन्धी मापदण्ड संशोधन गरी सहरी विकास मन्त्रालयले यस्तो नियम ल्याउन लागेको हो ।

प्रस्ताव मन्त्रिपरिादले परित गरेपछी आवासीय भवनमा सटर तथा पसल राख्न नपाइने बताइएको छ । नयाँ बन्ने घरमायस्तो नियम लागु हुने छ ।

त्यस्तै, ६ मिटरभन्दा कम चौडाइको सडक वरपर बन्ने भवनमा पनि सटर राख्न नपाइने भएको छ । सटर राख्दा कम्तिमा ३ मिटरको ‘सेट ब्याक’ छाड्नुपर्ने प्रस्तावमा रहेको छ।

सहरी विकासले ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७२’ मा सुझावका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय प्रस्ताव पठाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL