Logo

टीआइए धावनमार्गको क्षमता अभिवृद्धिका लागि आरएफपी तयार

टीआइए धावनमार्गको क्षमता अभिवृद्धिका लागि आरएफपी तयार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२८ जेठ,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवे(धानवमार्ग) पूर्ननिर्माणका लागि रिप्लेस फर प्रपोजल (आरएफपी) तयार गरिएको छ ।

सो प्रपोजल स्वीकृत  भएपछी टेन्डर प्रक्रिया अघि बढाइने विमानस्थलका महानिर्देशक वीरेन्द्र  श्रेष्ठले बताए । ‘टेन्डर खुलाएपछि भने निश्चित कम्पनीलाई काम हस्तान्तरण गरी रनवे स्तरोन्नती सुरु गरिन्छ’ उनले भने ।

रनवे पूर्ननिर्माणका लागि १८ महिना लाग्ने श्रेष्ठले जानकारी दिए । पूर्ननिर्माणपछि त्रिभुवन विमानस्थलको धावनमार्ग क्षमताका हिसावले अन्तरराष्ट्रिय स्तरको हुने उनको दावी छ । हाल विमानस्थलको धावनमार्गको क्षमता २ सय टन मात्र रहेको बताइएको छ  जुन पुनर्निर्माण पछी  ४ सय ५० टनसम्म  पुग्नेछ ।

त्रिभुवन बिमानस्थलको सो रनवे स्तरोन्नतीका कुरा धेरै पहिले चलेको भएपन विभिन्न कठिनाइले गर्दा समयमा काम नसकिएको महानिर्देशक श्रेष्ठले बताए । नेपालको एउटामात्र अन्तरराष्ट्रिय विमानस्थल एउटामात्र भएकोले पनि यो निकै चुनौतीपूर्ण रहेको उनको भनाई छ । त्यसले गर्दा जहाज आवतजावत नगर्ने रातिको समयमा काम गर्ने योजना छ । ‘साथै रनवे विहान प्रयोगयोग्य बनाउनु पर्ने हुँदा निकै चुनौतीपूर्ण छ’ उनले भने ।

श्रेष्ठका अनुसार रनवेको एक रातमा २ घण्टा पिच उप्काउने तथा ३ घण्टामा टाल्नु पर्छ र १ घण्टा सुकाउनुपर्छ । यसरी रनवे छ घण्टापछि पुनः प्रयोग गर्न सकिने हुन्छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षेत्रफल ३ हजार मिटर छ ।

यो त्रिभुवन विमानस्थलको आन्तरिक परियोजना हो । यसका लागि ३ अर्व रकम लाग्ने बताइएको छ ।

भौगोलिक बनावटले गर्दा रनवेको चौडाइ ३ सय मिटर बढाउन सके पनि लम्वाई बढाउन नसकिने उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL