Logo

पूर्वाधार सम्मेलनमा सहभागी कोटा सकियो, आइतबार फारम बन्द भएको सूचना जारी गर्दै

पूर्वाधार सम्मेलनमा सहभागी कोटा सकियो, आइतबार फारम बन्द भएको सूचना जारी गर्दै


रामराजा श्रेष्ठ
0
Shares

nepa infrastructure_summit

बिजखबर संवाददाता । २२ कात्तिक, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गर्न लागेको ‘नेपाल पूर्वाधार सम्मेलन २०१४’ मा सहभागिहरुको कोटा सकिएको छ । स्वदेशी तथा विदेशी गरी कुल ५ सय जनाको सहभागिता रहने उक्त सम्मेलनमा शुक्रबार नै सहभागिहरुको संख्या पुरा भइसकेको सीएनआइएले जनाएको छ । साथै, सोचेभन्दा बढी संख्यामा सहभागीहरुले नाम दर्ता गराएकाले सम्मेलन भब्य र सभ्य हुने सीएनआईको दावी छ ।

यही कात्तिक २५ र २६ गते हुने सम्मेलनको लागि अहिले नै सहभागीको संख्या पुरा भइसकेको हो । सम्मेलनमा भाग लिन ३५ भन्दा विदेशी कम्पनीका १ सयभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएका छन् । विदेशी सहभागीहरुमा भारत र चीनको बढी सहभागिता रहेको सीएनआईले जानकारी दिएको छ । यसैगरी, अमेरिका, बंगलादेश, जर्मनी, टर्की, चेक रिपब्लिक, फिलिपिन्सलगायता देशका प्रतिनिधिहरुको पनि सहभागिता रहेको सीएनआई स्रोतले बताएको छ ।

नेपालमा पूर्वाधारको विकास गर्ने उद्देश्य अनुरुप गरिएको उक्त सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञहरुको आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL