Logo

७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण सुरु, १२ हजार मजदूरले रोजगारी पाउने

७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण सुरु, १२ हजार मजदूरले रोजगारी पाउने



काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य सुरु भएको छ ।

laxmi

धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा भ्याली कन्स्ट्रक्सन प्रालिले १० करोड ८१ लाख रुपैयाँमा सो मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली भ्रमण गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल, तामालगायतका धातु सङ्कलन गरेका हुन ।

भ्रमणका क्रममा उनले १ करोड ८४ लाख ७२ हजार रुपैयाँ रकम सङ्कलन गरेका थिए । भीमदत्त नगरपालिकाकाले मूर्ति निर्माणका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको छ । ३ वर्ष भित्र निर्माण हुने मूर्ति निर्माणका लागि १२ हजार मजदूर आवश्यक पर्ने निर्माण कम्पनीले जानकारी दिएको छ ।

अष्टधातुबाट बन्ने नेपाल आमाको ७५ फिट लामो मूर्ति बनेपछि नयाँ पर्यटकीय गन्तव्य स्थल बन्ने जगतगुरुले बताए । ३ रोपनी क्षेत्रको जग्गामा मूर्ति राखिने छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार एक कार्यक्रमबीच मूर्ति निर्माण कार्यको उद्घाटन गरेका छन /रासस

प्रतिक्रिया दिनुहोस्
MBL