Logo

चक्रपथ विस्तारको पहिलो खण्ड सम्पन्न भएसँगै हस्तान्तरण, यस्तो देखियो सडक

चक्रपथ विस्तारको पहिलो खण्ड सम्पन्न भएसँगै हस्तान्तरण, यस्तो देखियो सडक



काठमाडौं । चक्रपथ विस्तार आयोजनाका पहिलो खण्ड अन्तरगत कलंकी कोटेश्वर खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

चिनियाँ निर्माण कम्पनी सांघाई कन्स्ट्रक्सनले ५ बर्षमा निर्माण गरेको उक्त आयोजनाको पहिलो खण्ड अन्तर्गतको कलंकी कोटेश्वर खण्ड सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

चिनियाँ राजदुत होउ याँकीले उक्त खण्डको एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेकी हुन ।

डिसेम्बर १५ मै निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनेपनि सोही अनुसार कुरा नमिल्दा आज उक्त खण्ड सरकारलाई हस्तान्तरण गरिएको उक्त आयोजनाका ईन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए ।

चक्रपथ विस्तार आयोजनाको उक्त खण्डमा चिनियाँ कम्पनीले विभिन्न ३ ठाउँमा आकाशे पुल निर्माण गर्दे ८ लेनको फराकिलो सडक निर्माण गरेको छ । सोही खण्डमा नेपाल सरकारले भने ७ वटा आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको छ । यस्तै कम्पनीले निर्माण गर्न लागेको दोस्रो खण्डको भने हालसम्म डिजाईन नआएकाले काम अन्यौलमा परेको उक्त आयोजनाले जानकारी दिएको छ ।

उक्त सडकखण्डको जम्मा लम्बाई १० दशमलव ४ किलोमिटर हो जसमा चिनियाँ पक्षले ३ ओटा र नेपाल सरकारले ७ ओटा गरी जम्मा १० ओटा आकाशेपुल बन्ने भएका हुन । यस्तो सोही खण्डका बल्खु खसिबजार खण्डमा भने हाल ४ लेनको बाटो मात्रै निर्माण सम्पन्न भएको छ ।

साईडका ४ लेनको काम गर्ने जिम्मा नेपाल सरकारले लिएको हुँदा विचको ४ लेन कम्पनीले बनाईसक्दा साईडलेन भने सम्पन्न नभईसकेको ईन्जिनियर शर्मा अर्यालले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL