Logo

कलंकी कोटेश्वर खण्ड सोमबार हस्तान्तरण गरिँदै, १० किलोमिटरको सडकमा १० ओटा आकाशेपुल

कलंकी कोटेश्वर खण्ड सोमबार हस्तान्तरण गरिँदै, १० किलोमिटरको सडकमा १० ओटा आकाशेपुल



काठमाडौं । चक्रपथ विस्तार आयोजनाका पहिलो खण्डको सोमबार हस्तान्तरण हुने भएको छ । चिनियाँ निर्माण कम्पनी सांघाई कन्स्ट्रक्सनले ५ बर्षमा निर्माण गरेको उक्त आयोजनाको पहिलो खण्ड अन्तर्गतको कलंकी कोटेश्वर खण्ड भोली नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको हो ।

डिसेम्बर १५ मै निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनेको भएपनि सोही अनुसार कुरा नमिल्दा भोली सोमबार उक्त खण्ड सरकारलाई हस्तान्तरण गर्न लागेको छ ।

चक्रपथ विस्तार आयोजनाको उक्त खण्डमा चिनियाँ कम्पनीले विभिन्न ३ ठाउँमा आकाशे पुल निर्माण गर्दे ८ लेनको फराकिलो सडक निर्माण गरेको छ । सोही खण्डमा नेपाल सरकारले भने ७ वटा आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको छ ।

यस्तै कम्पनीले निर्माण गर्न लागेको दोस्रो खण्डको भने हालसम्म डिजाईन नआएकाले काम अन्यौलमा परेको उक्त आयोजनाले जानकारी दिएको छ । उक्त आयोजनाका ईन्जिनियर निरञ्जन शर्मा अर्यालले पहिलो खण्डको भने भाली नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिएका छन ।

उक्त सडकखण्डको जम्मा लम्बाई १० दशमलव ४ किलोमिटर हो जसमा चिनियाँ पक्षले ३ ओटा र नेपाल सरकारले ७ ओटा गरी जम्मा १० ओटा आकाशेपुल बन्ने भएका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL