Logo

गोटा विमानस्थल स्तरोन्नती गरिने, जग्गा अधिग्रहण गर्न सरकारको निर्देशन

गोटा विमानस्थल स्तरोन्नती गरिने, जग्गा अधिग्रहण गर्न सरकारको निर्देशन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

३ चैत, काठमाडौं । सरकारले सुदूरपश्चिमको गेटा विमान स्थलको स्तरोन्नतीका लागि जग्गा अधिग्रहण गर्न निर्देशन दिइएको छ । सरकारको पर्यटन मन्त्रीस्तरीय निर्णयले विमानस्थल प्रमुख राजेन्द्रसिंह नायकलाई प्रारम्भिक कार्यकारी तोकी विमानस्थलको स्तरोन्नतीको काम अगाडी बढाउन पत्राचार गरेको हो ।

निर्देशपछि कार्यालयले एक साताभित्रै प्रारम्भिक कार्य थाल्ने बताएको छ । धनगढीमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) को आधारमा जहाजले उडान भर्दै आएका छन् । भिएफआरका लागि ५ हजार मिटर भिजिबिलिटी पुग्नुपर्ने प्रमुख नायकले जानकारी दिए । ‘त्यसका लागि विमानस्थलको स्तरोउन्नती जरुरी छ ’ उनले भने ।

विमानस्थललाई आधुनिक तथा सुविधासम्पन्न बनाउन थप जग्गाको आवश्यकता भएकाले मन्त्रीस्तरीय निर्णयले अधिग्रहणका लागि दिएको निर्देशन स्वागत योग्य भएको उनको भनाइ छ ।यस अघि नै जग्गाको नापजाँच तथा मूल्यांकन भइसकेकाले केहि दिनभित्रै सार्वजनिक सूचना प्रकाशित गरी अधिग्रहणमा जान सकिने जानकारी प्रमुख नायकले गराए ।

न्यून क्षेत्रफलका कारण भिजिबिलिटी नपुग्दा जाडोयामका अधिकांश दिन हुस्सु र कुंहिरोले उडान रद्द हुँदै आएका छन् । जग्गा अधिग्रहण गरेको तीनमहीनाभित्र सामान्य विग्रेको मौसम तथा कम भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न प्राधिकरणले उपकरण जडान गर्ने प्रतिवद्धता जनाएको छ ।

विमान स्थल क्षेत्रवरीपरिका जग्गा अधिग्रहणका लागि २०६६ सालदेखि रकम विनियोजन हुँदै आएपनि खर्च हुन नसकेर फ्रिज हुने गरेको छ  कार्यालयले अव त्यो अवस्था नआउने विमानस्थल प्रमुख नायकले प्रतिवद्धता जनाएको छ । विमानस्थलको स्तरोउन्नतीका लागि १८ विघा १६ कट्टा जग्गा अधिग्रहण गरिने बताइएको छ ।

कार्यालयका अनुसार आइएफआर सेक्टरका लागि विमानस्थल पुर्वको ८ विघा जग्गा अधिग्रहण गरिने छ । काठमाण्डौ–धनगढीका लागि दैनिक बुद्धले एक, यतिले सातामा तीन र नेपाल वायु सेवा निगमले दुई उडान भर्ने गरेका छन् । काठमाण्डौँपछिको लम्वाईमा ठूलो रन–वे र अन्तर्राष्ट्रिय स्तरको संभावना बोकेको गेटा विमानस्थलको जग्गा अधिग्रहणको समस्या हटाउन सवैको सहयोग जुटेमा चैतभित्रै कार्य सम्पन्न गर्न सकिने प्रमुख नायकले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL