काठमाडौं – शिवम सिमेन्टले ‘नो कम्प्रोमाइज’ भन्ने नारासहित सञ्चालन गरेको विशेष प्रचार अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। गुणस्तरप्रति कुनै सम्झौता नगर्ने आफ्नो मूल दर्शनलाई बलियो बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानले कम्पनीको उत्पादन र सेवाप्रति रहेको दृढता पुनः स्पष्ट पारेको छ।
कम्पनीले ‘उद्योग वा व्यक्तिगत प्रयोजनका लागि सिमेन्टको आवश्यकता जतिसुकै होस्, हामी कुनै सम्झौता गर्दैनौं भन्ने सन्देश दिँदै ग्राहकहरूलाई उत्पादनको गुणस्तर र सुरक्षामा अडिग रहने प्रतिबद्धता दर्शाएको छ। ‘नो कम्प्रोमाइज’ नारालाई केवल प्रचारको हिस्सा होइन, शिवम सिमेन्टको व्यावसायिक नीति र आचरणको आधारका रूपमा प्रस्तुत गरिएको छ।
शिवम सिमेन्टले नेपालमै उत्पादन गरिने पहिलो ओपीसी सिमेन्टको रूपमा पहिचान बनाइसकेको छ, र आधुनिक प्रविधिसहितको उत्पादन प्रणालीमार्फत गुणस्तरीय सिमेन्ट निर्माण गर्दै आएको छ। यस कम्पनीले विगतमा ‘एनएस क्वालिटी अवार्ड २०१९’ समेत प्राप्त गरिसकेको छ, जसले यसको गुणस्तरप्रतिको निष्ठा प्रमाणित गर्छ।
हालै सम्पन्न ‘नो कम्प्रोमाइज’ अभियानअन्तर्गत शिवम सिमेन्टले विभिन्न बजारहरूमा उपभोक्ता र सरोकारवालाहरूसँग प्रत्यक्ष सम्पर्क गर्दै जानकारीमूलक तथा अनुभव साझा कार्यक्रमहरू सञ्चालन गरेको थियो। अभियानको क्रममा एक सन्तुष्ट प्रयोगकर्ताले आफ्ना घर निर्माणमा शिवम सिमेन्टको प्रयोगले दिएको मजबुती र टिकाउपनको अनुभव बाँडेका थिए, जसले कम्पनीको गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति सही रहेको पुष्टि गर्छ।
शिवम सिमेन्टले आगामी दिनहरूमा पनि गुणस्तर, विश्वास, दिगोपन र ग्राहक सन्तुष्टिमा आधारित सेवालाई निरन्तरता दिँदै ‘नो कम्प्रोमाइज’ दृष्टिकोणलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।