Logo

आईतबारदेखि उपत्यकाका धारामा मेलम्चीको पानी, प्रणालीमा १७ करोड लिटर पानी थपिँदै

आईतबारदेखि उपत्यकाका धारामा मेलम्चीको पानी, प्रणालीमा १७ करोड लिटर पानी थपिँदै



काठमाडौं । काठमाडौं उपत्यकामा आईतबारदेखि मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने जानकारी दिएको हो ।

१७ करोड लिटर पानीको वितरण सुरु भएपछि काठमाडौंमा दैनिक वितरण हुने पानीको परिमाण २७ करोड लिटर पुग्नेछ केयुकेएलले जानकारी दिएको छ । विभिन्न वितरण केन्द्रबाट वितरण हुने पानीको मात्रा बढाउँदै लगिएको छ । हाल मीनभवन, महाँकालचौर, खुमलटार, अनामनगर, बालाजु, महाराजगञ्ज लगायतका वितरण केन्द्रमार्फत अहिले मेलम्चीको पानी वितरण भइरहेको छ ।

११ वैशाखदेखि मीनभवनबाट काठमाडौंमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो । पहिलो दिनबाट ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा आएको थियो, आजसम्म करिब दैनिक १४ करोड लिटर पानी प्रणालीमा आएको केयूकेएलका प्रवक्ता प्रकाश राईले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL