Logo

बेसमेन्ट पार्किङको सम्भाव्यता अध्ययन शुरु, २ महिनापछि टेन्डर आवह्वान गरिने

बेसमेन्ट पार्किङको सम्भाव्यता अध्ययन शुरु, २ महिनापछि टेन्डर आवह्वान गरिने


रक्षा रेग्मी
81
Shares

काठमाडौ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा निर्माण गर्न लागिएको बेसमन्ट पार्किङको सम्भाव्यता अध्ययन शुरु भएको छ ।

हाल नेस्ट प्रालिले सो पार्किङ निर्माणका लागि अध्ययन शुरु गरेको महानगरपालिकाको पब्लिक प्राइभेट पाटर्नसिप शाखाका प्रमुख शिवराज अधिकारीले बताए । ‘कम्पनीले पार्किङ बनाउन लाग्ने बजेट, राजस्व तथा पार्किङको डिजाइनलगायत बारे प्रारम्भिक अध्ययन गरिरहेको छ,’ उनले भने ‘अध्ययनको प्रतिवेदन बुझाएसँगै निर्माणका लागि टेन्डर आवह्वान गर्ने छौं ।’ अध्ययनका लागि महानगरले २ महिनाको समय दिएको छ ।

काठमाडौं उपत्यकाको पार्किङको समस्यालाई मध्यनजर गर्दै २ तले बेसमेन्ट पार्किङ बनाउन लागेको बताइएको छ । महानगरले खुलामञ्चमा सव –वे पनि बनाउन लागेको उनले जानकारी दिए । अधिकारीका अनुसार सरकारले सहरी क्षेत्रमा पार्किङको व्यवस्थापन गर्ने नीति ल्याएसँगै वेसमेन्ट पार्किङ बनाउन लागिएको हो ।

खुल्लामञ्चमा पार्किङ बनेपछि बसपार्क, न्युरोड तथा जमलका सडकमा अव्यवस्थित सवारी पार्किङ गर्ने समस्या हट्ने विश्वास उनको छ । त्यस्तै पैदलयात्रीहरुले पनि खुल्ला रुपमा हिड्न पाउने उनको अधिकारीको भनाई थियो ।

बेसमेन्ट पार्किङमा खुल्लामञ्चदेखि न्यूरोड, बागबजार तथा नयाँ बसपार्क छुने सव–वे हुने छ । जसले गर्दा त्यहाँ मोटर पार्किङ गरेर न्यूरोड, बागबजार तथा बसपार्क जान मिल्छ । त्यस्तै पैदलयात्रुहरुले पनि सव–वे प्रयोग गरेर ओहोरदोहोर गर्न सक्ने बताइएको छ ।

सव–वेको दायाँबायाँको भाग भने व्यवसायीक प्रयोजनका लागि प्रयोग गर्न दिने बताइएको छ । सववेमा हिड्ने पैदलयात्रीलाई ‘मनोटोनस’ नहोस भन्ने उद्देश्यका साथ दायाँबाया कफी सपहरु पनि खोल्ने शिवराज अधिकारीले जानकारी दिए । बसपार्क तथा बागबजार र उपत्यकाको केन्द्र तथा बढी भिडभाड हुने ठाउँ भएकोले पनि पार्किङका लागि खुल्ला मञ्च छानिएको अधिकारीले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL