Logo

लगानी भित्रयाउन नीतिगत सुधार आवश्यक, राजदूतहरु भन्छन् ‘नेपालले बिप्पा र डीटीए गर्नुपर्छ’

लगानी भित्रयाउन नीतिगत सुधार आवश्यक, राजदूतहरु भन्छन् ‘नेपालले बिप्पा र डीटीए गर्नुपर्छ’


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।

नेपालले विदेशी लगानी आकर्षणका लागि सवैभन्दा पहिले नीगित सुधार नै गर्नुपर्ने विभिन्न मुलुकका राजदूतहरुले औल्याएका छन् । समायानुकुल र लगानीमैत्री नीति नहुँदा पर्याप्त विदेशी लगानी भित्रन नसकेको भन्दै उनीहरुले नेपाल सरकारलाई यसप्रति चासो दिन सुझाव दिएका हुन् ।
नेपाल सरकारका उच्च पदस्थ व्यक्ति र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिहरुसँगको भेटमा राजदूतहरुले यस्तो सुझाव दिदै आएका छन् । नेपालका लागि भारत, चीन, रुस, अष्ट्रेलिया, स्लोभाकिया, जर्मनी, जापान, बेलायत, दक्षिण कोरिया, अमेरिका लगायतका मुलुकका राजदूतहरुले नेपालमा विदेशी लगानी आकर्षणका लागि नीतिगत सुधारको आवश्यकता रहेको बताउँदै आएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न मुलुकका राजदूतहरुसँग गरेको छलफलका क्रममा राजदूतहरुले लगानीको सुरक्षा दिने तथा प्रतिफलको प्रत्याभुति दिलाउने किसिमको नीतिको खाचो औल्याउने गरेको महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे बताउँछन् । ‘राजदूतहरुसँगको छलफलमा उहाँहरुले बढीजसो नीतिकै कुरा उठाउनु हुन्छ’ उनले भने, ‘नेपालले आफ्नो आर्थिक नीतिलाई उद्योग व्यवसायमैत्री बनाउन उहाँहरुको सुझाव छ ।’

bizkhabar_fdi
नेपाल चेम्बर अफ कमर्सले पछिल्ला ४ महिनामा झण्डै एक दर्जन मुलुकका राजदूतहरुसँग भेट तथा छलफल गरेको थियो । छलफलका क्रममा अधिकांश राजदूतहरुले नेपालले पर्याप्त विदेशी लगानी भित्रयाउन नीतिगत सुधार गर्नुपर्ने खाचो औल्याएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । ‘समायानुकुल उद्योग व्यापारमैत्री नीति बनाउनु पर्ने अधिकांश राजदूतहरुको राय छ’ उनले भने, ‘यसप्रति सरकार गम्भिर हुन आवश्यक छ ।’ नेपालका लागि अष्ट्रेलियाका राजदूत गेलेन ह्वाईट, रसियाका राजदूत सर्गे भासिलीविच वेलिच्किन, स्लोभाकियाका राजदूत जिग्मुन्ड बेर्टोक, जर्मनीका राजदूत फ्रान्क माइके, जापानका राजदूत मासासी ओगावा, बेलायती राजदूत एण्ड्र्यू जेम्स स्पार्क, दक्षिण कोरियाका राजदूत चोई योङ जिनलगायतले नीतिगत सुधारको खाचो औल्याएको श्रेष्ठले जानकारी दिए ।
नेपाल उद्योग परिसंघले पनि रुस, बेलायतलगायत मुलुकका राजदूतसँग छलफल गर्दा लगानीको सुरक्षाको प्रत्याभुति दिलाउने किसिमको नीतिको आवश्यकता औल्याएका थिए ।
छलफलका क्रममा विभिन्न मुलुकसँग द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (विप्पा) र कर छुट सम्झौता (डीटीए) गर्नुपर्ने सम्बन्धीत मुलुकका राजदूतहरुले बताउने गरेका छन् । सुरक्षाको अभाव र दोहोरो करका कारण पर्याप्त लगानी भित्रन नसकेको भन्दै उनीहरुले नेपाललाई लगानी आउने सम्भावना भएका मुलुकसँग बीप्पा र डीटीए गर्न सुझाव दिने गरेका हुन् ।
नेपालले हालसम्म भारत, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, कतारलगायत १० वटा देशसँग दोहोर कर नलाग्ने सम्बन्धी सम्झौता (डीटीए) गरिसकेको छ । भारतले भने करीब ७० वटा देशसँग यस्तो सम्झौता गरिसकेको छ । यस्तो सम्झौतापछि एक देशमा आयकर बुझाएपछि अर्को देशमा सो बराबरको कर तिर्नुपर्दैन ।
हालसम्म नेपालले भारत, कतार, बेलायत, फिनल्याण्डलगायत  ७ वटा देशसँग बिप्पा सम्झौता समेत गरिसकेको छ । त्यस्तै, सरकारले चीन, क्यानडा, पाकिस्तानलगायतका केही मुलुकसँग समेत बिप्पा सम्झौताको लागि तयारी गरिरहेको उद्योग मन्त्रालयले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL