Logo

चीन र बंगलादेशबाट ग्याँस ल्याउँदै आयल निगम

चीन र बंगलादेशबाट ग्याँस ल्याउँदै आयल निगम


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल आयल निगमले चीन र बंगलादेशबाट ग्याँस आयातको लागि गृहकार्य शुरु गरेको छ । भारतले अघोषित नाकाबन्दी गरी ग्याँस तथा पेट्रोलियम आयातमा समस्या उत्पन्न गरेसँगै निगमले अन्य मुलुकबाट ग्याँस आयातको लागि गृहकार्य शुरु गरेको हो ।

चीनबाट ग्याँस आयातका लागि हिजो मात्र चिनियाँ प्रतिनिधिसँग छलफल भएको नेपाल आयल निगमका महाप्रवन्धक गोपालबहादुर खड्काले जानकारी दिए । ‘नेपालका लागि चिनियाँ राजदूत र त्यहाँका व्यवसायी सहितको टोलीसँग छलफल गरेका थियौं,’ उनले भने, ‘उनीहरु तत्काल ग्याँस आपूर्ति गर्नका लागि सहमत भएका छन् ।’

खड्काका अनुसार छलफलमा चिनियाँ पक्षले सीमा नाकासम्म ग्याँसका बुलेट ल्याइदिने प्रतिवद्धता जनाएका छन् । उक्त स्थानबाट भने नेपाल सरकारले ‘रिफिल’ गरेर ल्याउनुपर्ने हुन्छ । तर, नेपालको कानुनी अड्चन र स्रोत साधन अभावले गर्दा सीमा नाकाबाट ल्याउनका लागि पनि समस्या हुने उनले जानकारी दिए ।

त्यसैगरी, निगमले बंगलादेशसँग पनि ग्याँस आयातको लागि प्रक्रिया शुरु गरेको छ । उक्त देशसँग जीटूजी (सरकार र सरकारबीच) सम्झौता गरि ग्याँस आयात गर्न लागिएको उनले जानकारी दिए । ‘निगमले दुइ देशबीच सम्झौताका लागि आधिकारीक पत्र काटिसकेको छ,’ उनले भने, ‘केही समयभित्रै दई देशबीच छलफल गरी ग्याँस आयात प्रक्रिया अघि बढाइने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL