Logo

अमेरिकामा कोरोना प्रभावितलाई ठूलो राहत, ९ खर्बको प्याकेजमा सहमति

अमेरिकामा कोरोना प्रभावितलाई ठूलो राहत, ९ खर्बको प्याकेजमा सहमति



काठमाडौं । कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाले कोरोना महामारीका कारण आर्थिक समस्यामा परेका नागरिकका लागि ९ खर्ब अमेरिकी डलर बराबरको प्याकेज ल्याउने भएको छ ।

laxmi

राहत प्याकेजका लागि कंग्रेसमा सहमति जुटेको छ । विगत केही महिनादेखिको राहत प्याकेजका विषयमा कंग्रेसको माथिल्लो सदन सिनेटमा सहमति जुट्न सकेको थिएन ।

वासिङटन पोस्टमा प्रकाशित खबर अनुसार आइतबार सिनेटका रिपब्लिकन र डेमोक्रेटिक पार्टीका सिनेटका नेताहरुले यस प्याकेज विधेयकलाई पास गर्न सहमत भएको जानकारी दिएका छन् ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका व्यापार, व्यवसाय सञ्चालनका लागि यो राहत प्याकेजको रकम खर्च गरिने उल्लेख गरिएको छ । साथै बेरोजगारले पाउने सुविधा दिनका लागि पनि रकम खर्च हुनेछ । यस्तै सर्वसाधारणलाई दिइने कोरोना खोप तथा विद्यालय पुनः सञ्चालनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको १।४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप भएको हो । सिनेटका प्रतिनिधिहरुले नयाँ प्याकेजमाथि सोमबार मतदान गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL