Logo

इन्धन अभावको असर, बन्द हुँदै तारे होटल

इन्धन अभावको असर, बन्द हुँदै तारे होटल


बिजखबर संवाददाता
27
Shares

रक्षा रेग्मी ।

बजारमा ग्यास तथा डिजेलको अभाव भएपछि साना होटल रेष्टुराँसँगै तारे होटलले पनि आफ्नो सेवा  पनि बन्द  गर्ने अवस्थामा पुगेका छन् । उपत्यका तथा बाहिरका अधिकांश साना होटल तथा रेष्टुराँ धमाधम बन्द भइरहेको अवस्थामा तारे होटल पनि बन्द हुने अवस्थामा पुगेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

ग्यास तथा डिजेलको स्टक सकिएकोले तारे होटल बन्द गर्नुपर्ने अवस्थामा पुगेको होटल एशोसियशन नेपाल(हान)का कार्यकारी निर्देशक प्रबेश अर्यालले बताए । ‘तारे होटलहरुमा अव १५ दिनलाई पुग्ने ग्यास तथा डिजेल स्टक छ,’ उनले भने ‘त्यसपछि  सेवा बन्द गर्नुको विकल्प छैन ।’ त्यसपछि पनि सङकट जारी रहे अधिकांश तारे होटल बन्द हुने उनले जानकारी दिए ।

लामो समयदेखि ग्यास अभाव हुँदा होटलहरुले स्टक रहेको प्रयोग गर्दैै आएका छन् । स्टकमा रहेको ग्यास तथा डिजेल सकिन लागेपछि बन्दनै गर्नुपर्ने अवस्थामा पुग्न लागिएको व्यवसायीहरु बताउँछन् ।

सञ्चालनमा रहेका केही साना होटल तथा रेष्टुराँले ग्याँस सकिएपछि दाउरा तथा व्रिकेटबाट काम चलाइरहेका छन् । तर, व्रिकेट तथा दाउरा सजिलै नपाइने र महंगो हुने भएकोले साना होटल बन्द हुने थालेको व्यवसायीहरु बताउँछन् ।
भुकम्पपछि रद्द भएको होटल बुक पुनः शुरू भए पनि इन्धन सङ्कटले होटल नै बन्द गर्नुपर्ने अवस्था आएको व्यवसायीहरुको गुनासो छ । ‘पर्यटक आउने सिजनमा भएको ग्यास तथा इन्धनको अभावले होटल क्षेत्रमा करोडौंको क्षति भएको छ’ अर्यालले जानकारी दिए ।

सरकारले कोटा अवधारणा अनुरूप भएपनि होटलहरूलाई इन्धन उपलब्ध गराउनुपर्ने हानले माग गरेको छ । सरकारसँग केही समयभित्रै समस्या समाधानका लागि पहल गरिरहेको हानका महासचिव विनायक शाहले बताए । साथै तारे होटल बन्द गर्दा अन्तरराष्ट्रिय समुदायमा पनि नकारात्मक सन्देश जाने भएकाले जतिसक्दो चाँडै बैकल्पिक उपाय खोज्ने तर्फ व्यवसायीहरु पनि लागेको उनले जानकारी दिए । तत्काल समस्या समाधानका लागि वाणिज्य मन्त्रालय, आयल निगम लगायतका सरोकारवाला निकायसँग यसबारे छलफल भइरहेको उनले बताए ।

नाकाबन्दीले विशेषगरी राजधानिका होटल तथा रेष्टुराँहरु सवैभन्दा प्रभावित भएको व्यवसायीहरु बताउँछन् । भुकम्पपछि पर्यटक आगमन घटेको अवस्थामा नेपाल भित्रिएका पर्यटकलाई पनि गाँसको व्यवस्था गर्न नसक्ने अवस्था आएको व्यवसायीहरुको गुनासो छ ।

त्यस्तै अक्टोवर देखि डिसेम्वरसम्म पर्यटक आउने सिजन भएपनि पर्यटकलाई सेवा सुविधा दिन नसकेको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL