Logo

न्यूनतम पूँजीकोष अनुपात कायम नगर्ने लघुवित्तलाई कडाई, नगद लाभांश तथा बोनस शेयर घोषणा र वितरण गर्न नपाइने

न्यूनतम पूँजीकोष अनुपात कायम नगर्ने लघुवित्तलाई कडाई, नगद लाभांश तथा बोनस शेयर घोषणा र वितरण गर्न नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेका लघुवित्तहरुलाई लाभांश वितरणमा रोक लगाएको छ । राष्ट्र बैंकले बिहीबार लघुवित्त संस्थाका नाममा सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

laxmi

लघुवित्त संस्थाले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पूँजीकोष कायम गर्न नसकेको भए पनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पूँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस शेयर घोषणा र वितरण गर्न नपाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब लघुवित्त संस्थाहरुले न्यूनतम पूँजीकोष कायम गरेपछि मात्रै लाभांश वितरण गर्न सक्नेछन् ।

यसअघिको व्यवस्था अनुसार आर्थिक वर्षको अन्त्यमा वाह्य लेखा परीक्षकबाट प्रमाणित वित्तीय विवरणबाट तोकिएको अनुपातमा न्यूनतम पूँजीकोष कायम भएको आधारमा बोनस शेयर घोषणा र वितरण गर्न पाउने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL