Logo

बजेट अभावले रनवे पुर्नउत्थानमा ढिलाई

बजेट अभावले रनवे पुर्नउत्थानमा ढिलाई


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ असोज, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवे (धानवमार्ग) पुर्नउत्थानका लागि सरकारले आवश्यक भन्दा कम बजेट विनियोजन गरेको छ । रनवे पूर्नउत्थानका लागि ३ अर्व रुपैयाँ बजेट आवश्यक पर्नेमा १ अर्व रुपैयाँ बजेट विनियोजन गरिएको टीआइएका तत्कालिन महानिर्देशक वीरेन्द्र श्रेष्ठले आइतवार आयोजित प्रगति समीक्षा कार्यक्रममा बताए ।

श्रेष्ठका अनुसार रनवे पूर्नउत्थानका लागि ३ अर्व रुपैयाँ बजेट माग गरिएको थियो । तर, सरकारले १ अर्व रुपैयाँ मात्र विनियोजन गरेको छ । सो बजेटबाट पुर्नउत्थानको १ तिहाइ मात्र काम गर्न सकिन्छ । जसले गर्दा पुर्नउत्थान कार्यमै ढिलाई हुने विमानस्थल व्यवस्थापनले जानकारी दिएको छ । ‘नेपालमै एक मात्र त्रिभुवन विमानस्थल पुर्नउत्थानका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्नु पथ्र्यो,’ व्यवस्थापनले भन्यो, ‘बजेट अभावले काममा समेत समस्या पर्नेछ ।’

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको लागि चालु आर्थिक वर्षमा जम्मा ४ अर्व ६७ करोड वजेट विनियोजन भएकोमा पूर्नउत्थानका लागि १ अर्व छुट्याइएको हो । रनवे पूर्नउत्थानका लागि पहिलो चरणमा रिप्लेस फर प्रपोजल (आरएफपी) पुरा भएको छ । केही समयभित्रै टेन्डर प्रक्रिया अघि बढाइने विमानस्थल व्यवस्थापनले जानकारी दिएको छ ।

व्यवस्थापनका अनुसार टेन्डर खुलाएपछि भने निश्चित कम्पनीलाई काम हस्तान्तरण गरी रनवे पर्नउत्थान सुरु गरिने छ । पुर्नउत्थान पश्चात त्रिभुवन विमानस्थलको धावनमार्ग क्षमताका हिसावले अन्तरराष्ट्रिय स्तरको हुने छ । हाल विमानस्थलको धावनमार्गको क्षमता २ सय टन मात्र रहेकोमा पुर्नउत्थापछि ४ सय ५० टनसम्म थेग्न सक्ने हुनेछ ।

त्रिभुवन विमानस्थलको सो रनवे पूनस्थापनाका कुरा धेरै पहिले चलेपनि विभिन्न कठिनाइले गर्दा समयमा काम नसकिएको तत्कालिन महानिर्देशक श्रेष्ठले बताए । नेपालको एउटामात्र अन्तरराष्ट्रिय विमानस्थल भएकोले पनि यसको पूर्नउत्थान निकै चुनौतीपूर्ण रहेको उनको भनाई छ । त्यसले गर्दा जहाज आवतजावत नगर्ने रातिको समयमा काम गर्ने योजना छ ।

श्रेष्ठका अनुसार रनवेको १ रातमा २ घण्टा पिच उप्काउने तथा ३ घण्टामा जोड्नु पर्छ । पीच सुकाएको ६ घण्टापछि मात्र प्रयोग गर्न सकिने छ । हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षेत्रफल ३ हजार मिटर छ । यो त्रिभुवन विमानस्थलको आन्तरिक परियोजना हो ।

सम्बन्धित समाचार…

टीआईए धावनमार्गको क्षमताका अभिबृद्धिका लागि आरएफपी तयार

प्रतिक्रिया दिनुहोस्
MBL