Logo

कोरोना कहर : विश्वभर २ करोड २५ लाखले जिते कोरोना, यस्तो छ मृतक र संक्रमितको पछिल्लो तथ्यांक (अपडेट)

कोरोना कहर : विश्वभर २ करोड २५ लाखले जिते कोरोना, यस्तो छ मृतक र संक्रमितको पछिल्लो तथ्यांक (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका २ करोड २५ लाख ७५ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड २५ लाख ७६ हजार ८३० जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख ६० हजार ८६३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार ७७६ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ३ हजार ८२४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६९ लाख ६७ हजार ३८५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ५२५ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६५७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ हजार ७७४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ७५५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५३ लाख ५८ हजार २३० पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४५ लाख २८ हजार ३४७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७०८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ५६५ पुुगेको छ ।

नेपालमा शनिबार देशभर गरी २ हजार २०४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६२ हजार ७ सय नाघेको छ । अहिले देशभरि १७,१२९ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये ९,१५३ जना संस्थागत आइसोलेशनमा र अरू ७,९७६ जना घरमै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अहि

लेसम्म नेपालमा ४५,२६७ जना अर्थात् ७२ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् भने ४०१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL