Logo

मदिरा पसलमा समेत ड्राइभिङ स्कुल सञ्चालन, अधिकांश स्कुलहरु गैरकानुनी

मदिरा पसलमा समेत ड्राइभिङ स्कुल सञ्चालन, अधिकांश स्कुलहरु गैरकानुनी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
कुनै पनि व्यवसाय सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनु पर्छ । उक्त व्यवसायका लागि छुट्टै अफिस स्थापना गर्नु पर्छ । जहाँ सोही अनुसार इक्वीपमेन्ट पनि राखिनु पर्छ । तर, नेपालका ड्राइभिङ स्कुल भने सम्बन्धित सरकारी निकायबाट अनुमति नलिई गैर कानुनी रुपमा व्यवसाय सञ्चालन भइरहेका छन् । अझ भन्नु पर्दा मदिरा पशलमा समेत त्यस्ता ड्राइभिङ स्कुल सञ्चालन भएको पाइएको छ ।
नेपालमा सवारीसाधन चलाउन सिकाउका लागि खोलिएका ड्राइभिङ स्कुलहरु भने कानुन विपरित चलेका छन् । नेपालका अधिकांश ड्राइभिङ स्कुलहरु कानुन विपरित सञ्चालन भएका यातायात व्यवस्था विभागले बताएको छ । केही समय अघि यातायात व्यवस्था विभागले तिनकुने लगायत केही स्थानका ड्राइभिङ स्कुलहरुमा छापा मारेको थियो । सो क्रममा अनुमति लिनुको सट्टा मदिरा पशलमा समेत ड्राइभिङ स्कुल सञ्चालनमा रहेको पाइएको विभागका निर्देशक शरद अधिकारी बताउँछन् ।
विभागका अनुसार विभागले छापा मारेकोमध्ये प्रायः सवै गैरकानुनी रुपमा सञ्चालनमा रहेका थिए । ‘हामीले २ घण्टामा तिनकुने आसपासका ६ वटा ड्राइभिङ स्कुलको छापा मारेका थियौं,’ विभाग स्रोतले भन्यो, ‘त्यसमध्ये ५ वटाले सञ्चालन अनुमति नै लिएका थिएनन् भने एउटाले अनुमति लिएर पनि भनिएकोभन्दा फरक स्थानमा सञ्चालन गरिरहेको भेटियो ।’ यही तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालका प्रायजसो ड्राइभिङ स्कुलहरु विना अनुमति सञ्चालन भइरहेको हुनसक्ने विभागको भनाइ छ ।

bizkhabar_driving school 1
अनुगमनको क्रममा ब्लु मुन मोटर ड्राइभिङ सेन्टर, हरि ओम मोटर ड्राइभिङ सेन्टर, गुरु ड्राइभिङ टे«निङ सेन्टर, चरियामाई ड्राइभिङ टे«निङ सेन्टर, शक्ति ओम ड्राइभिङ सेन्टर र एन बी मोटर ड्राइभिङ सेन्टरमा छापा मारिएको थियो । तीमध्ये ५ वटा दर्ता नै भएका थिएनन् भने ब्लु मुन मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर भने दर्ता भएर पनि भनेको भन्दा भिन्न स्थानमा सञ्चालनमा रहेको भेटिएको थियो । यस्तै, शक्ति ओम ड्राइभिङ सेन्टर भने मदिरा पशलमा सञ्चालन भएको भेटिएको थियो । उक्त ड्राइभिङ सेन्टरले निरज नेशनल ड्राइमिङ सेन्टरको प्रमाणपत्र वितरण गरेर मदिरा पशलमा सञ्चालन गरेको भेटिएको थियो । त्यस्ता ड्राइभिङ सेन्टरबाट नगदी रसिद तथा विभिन्न कागजातहरु बरामद गरिएको विभागले बताएको छ ।
हाल विभागले नयाँ पद्दति अनुसारको ट्रायल परीक्षा सञ्चालमा ल्याएको छ । जसअनुसार ड्राइभिङ स्कुल सञ्चालनमा ल्याउन प्रशस्त मात्रामा जग्गा चाहिन्छ । त्यहि अनुसारको भौतिक पूर्वाधार चाहिन्छ । तर, अनुगमनको क्रममा कतिपय ड्राइभिङ स्कुलहरु मदिरा पशलमा सञ्चालन भइरहेको अवस्थामा भेटिदा नेपालका ड्राइभिङ स्कुल माथी प्रश्न चिन्ह खडा भएको छ ।
यातायात व्यवस्था ऐन २०४९ अनुसार ड्राइभिङ स्कुल सञ्चालनका लागि यातयात व्यवस्था विभागमा दर्ता हुनुपर्छ । विभागमा दर्ता नभइ ड्राइभिङ स्कुल सम्बन्धि कुनै पनि क्रियाकलाप गर्न पाइँदैन । तर, छापाको क्रममा कारवाहीमा परेमा ड्राइभिङ स्कुल भने कन्पनी रजिष्ट्रारको कार्यालयमा मात्र दर्ता भएका थिए । अनुगमनको क्रममा गैर काुननी रुपमा भेटिएकामध्ये ३ वटालाई विभागले जरिवाना गरिसकेको छ । आगामी दिनमा पनि गैर कानुनी रुपमा सञ्चालित ड्राइभिङ स्कुलको अनुगमन गरी यातायात व्यवस्था ऐन २०४९ अनुसार हँदैसम्मको कारवाही गरिने विभागले बताएको छ ।
ड्राइभिङ स्कुल सञ्चालकहरुका अनुसार काडमाडौं उपत्यकामा मात्र झण्डै १ हजार वटा ड्राइभिङ स्कुलहरु छन् । विशेषगरी ललितपुरको एकान्तकुना, सामाखुशी, नयाँबजार, बालाजु, तिनकुने आसपासका प्रायजसो घरमा ड्राइभिङ स्कुल सञ्चालनमा छन् । तर, यातायात व्यवस्था विभागको तथ्याङक अनुसार भने बागमती अञ्चलमा जम्मा २ सय ९० वटा ड्राइभिङ स्कुलहरु सञ्चालनमा छन् ।  त्यमध्येमा गत आर्थिक वर्षमा ९० वटाले मात्र नविकरण गरेका छन् । सोही तथ्याङ्कलाई आधार मान्ने हो भने पनि हाल सञ्चालनमा रहेका प्रायजसो ड्राइभिङ स्कुलहरु कानुन विपरित सञ्चालित भएको देखिन्छ ।
आगामी दिनमा यातायात क्षत्रे सुधारलाई तिव्र रुपमा अघि बढाउने भएको छ । यसअघि अनुमगन नगरेकाले पनि ड्राइभिङ स्कुलहरु अस्तव्यस्त रुपमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL