Logo

निषेधाज्ञाको दोस्रो दिन काठमाडौं उपत्यका सुनसान, तीज पर्व पनि घरमै सीमित

निषेधाज्ञाको दोस्रो दिन काठमाडौं उपत्यका सुनसान, तीज पर्व पनि घरमै सीमित



काठमाडौं । निषेधाज्ञाको दोस्रो दिन सरकारले निषेधाज्ञा अझ कडा गर्ने नीति लिएपछि काठमाडौं उपत्यका सुनसान छ । उपत्यकाको शहरी क्षेत्रमा अत्यावश्यक बाहेकको सवारी साधन सञ्चालन भएको छैन । मानिसहरुको आवतजावत पनि निकै कम छ ।

laxmi

निषेधाज्ञाले तीजको रौनक देखिएको छैन । मानिसहरु घर घरमै र सीमित समुदायमा मात्र तीज मनाइरहेका छन् । सरकारले विना काम सडकमा देखिनेलाई कारबाही गर्ने नीति लिएपछि आवागमन ठप्पप्रायः भएको हो ।

सवारी साधन पनि विरलै देखिएका छन् । उपत्यकामा अत्यावश्यक सेवाका पसलहरु विहान मात्र खुलेका थिए भने मानिसहरु घरभित्रै रहेका छन् ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले कडा नीति लिएको छ । सरकारले ४ भाद्रबाट १० भाद्रसम्म उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । उपत्यकामा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि निषेधाज्ञा जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL