Logo

काठमाडौंमा कुनै पनि बैंकका शाखा खुलेनन्, कर्मचारीहरुलाई प्रहरीले रोकेको भन्दै गरियो बन्द

काठमाडौंमा कुनै पनि बैंकका शाखा खुलेनन्, कर्मचारीहरुलाई प्रहरीले रोकेको भन्दै गरियो बन्द


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं आजदेखि लागु भएको निषेधाज्ञामा खुला रहने भनिएका बैंकका सबै शाखा बन्द भएका छन् । निेषेधाज्ञामा पनि आलोपालो खुल्ने भनिएपनि कर्मचारीलाई प्रहरीले रोकेपछि बैंकले सबै शाखा बन्द गरेका हुन् ।

laxmi

नेपाल बैंकर्स संघले कर्मचारीहरुलाई प्रहरीले रोकेको भन्दै आज बैंकका शाखा नखोल्न निर्देशन दिएसँगै सबै बैंकले शाखाहरु बन्द गरेका हुन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले उपत्यकाका तीनै जिल्लामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेपछि कार्यान्वयन गराउन सडकमा खटेका प्रहरीले पास विना सञ्चालन भएका गाडी रोकेका छन् ।

समयमा पास नबनाएका बैंकका कर्मचारीहरु बाटैमा रोकिएपछि संघले बैंक नखोल्न निर्देशकन दिएको हो । निषेधाज्ञाको समयभरि बैंकहरुले काठमाडौंमा सबै बैंकका पाँचवटा शाखा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ-आठ वटा शाखा खोल्ने निर्णय गरेका थिए ।

त्यसका लागि बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको भएपनि बिहान बैंक खोल्न जान लागेकाहरुलाई प्रहरीले रोकेको बैंकर्सहरुको भनाई छ ।

तर निषेधाज्ञा कार्यान्यन गराउन फिल्डमा खटेको प्रहरी र सडकमा खटेको ट्राफिक प्रहरीले भने माथिको आदेश बमोजिम काम गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL