Logo

कोरोना प्रभावित व्यवसायका लागि पुनर्कर्जा दिन राष्ट्र बैंकले माग्यो आवेदन, यी हुन पुनर्कर्जा पाउने उद्योग व्यवसाय

कोरोना प्रभावित व्यवसायका लागि पुनर्कर्जा दिन राष्ट्र बैंकले माग्यो आवेदन, यी हुन पुनर्कर्जा पाउने उद्योग व्यवसाय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पुर्नकर्जाका लागि नेपाल राष्ट्र बैंकले प्रस्ताव माग गरेको छ । कोरानोबाट मध्यम प्रभावित र अति प्रभावित उद्योग व्यवसायलाई पुनर्कर्जा प्रदान गर्नका लािग राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत एकमुष्ठ रुपमा प्रस्ताव माग गरेको हो ।

laxmi

राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुस्ट रूपमा प्रदान हुने पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको हो ।

सूचना अनुसार बैंक तथा वित्तीय संस्थाहरुले भदौ १ गतेदेखि आगामी असोज १४ गतेसम्म आवेदन बुझाइसक्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले यसअघि सहज रुपमा पुनर्कर्जा प्रदाका लािग ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ लागू गरिसेको छ । जसअनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन माग गरेको हो ।

पुनर्कर्जाका लागि राष्ट्र बैंकले प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउनेछ । त्यसरी प्रदान गरिने पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ ।

त्यसरी पुनर्कर्जा लिनका लागि ऋणीले सेवा लिइरहेको बैंकको शाखामा निवेदन दिनुपर्ने । सोका लािग उद्योग व्यवसायको इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची पेस गर्नुपर्नेछ ।

संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्नेछ । तर त्यसरी प्रदान गरिने कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्नेछ । तर एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक र वित्तीय संस्थामार्फत मात्र आवेदन दिन सक्नेछन् ।

पुनरकर्जाको लागि आवेदन दिँदा कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नु पर्नेछ । साथै आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक र ऋणी समेटिएको हुनुपर्ने उक्त सूचनामा उल्लेखछ ।

यी हुन पुनर्कर्जा पाउने क्षेत्रहरु

अति प्रभावित क्षेत्रः

पर्यटनः
(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
(ग) साहसिक पर्यटन ः स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर ¥याप्mटिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
(घ) गल्फ कोर्स, पोलो, पोनी टे«किङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार

२. हवाई तथा पर्यटकीय यातायातस

३.मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेसस

४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल स

५. रोजगारी गुमेका वा बिथयाा मा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा) स

६.मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरणस

७. कुखुरापालन व्यवसाय स

८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसायस

९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय स

१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।

मध्यम प्रभावित क्षेत्रः

१. खप्ने सामान जस्तै प्लास्टिक, फलामरस्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय स

२. नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर स

३. यात्रुवाहक स्थल यातायात स

४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप

५. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय स इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमूष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन आह्वान

६. अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर स

७.हेल्थ सेन्टर वा फिट्नेस सेन्टर स

८. भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण स

९. वन तथा खनिजजन्य उद्योग

१०. निर्माण व्यवसायस

११. औषधि उत्पादन स

१२. छपाइ, प्रकाशन तथा संचार गृह

१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा

१४. पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।

प्रतिक्रिया दिनुहोस्
MBL