Logo

कुलमान घिसिङलगायत प्राधिकरणका कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ

कुलमान घिसिङलगायत प्राधिकरणका कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको पीसीआर रिर्पोट नेगेटिभ आएको छ ।

laxmi

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपकार्यकारी निर्देशकहरुको पीसीआर रिर्पोट नेगेटिभ आएको हो । प्राधिकरणका एक एन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणको रिर्पोट शुक्रबार आएको र आफूलगायत सबैको रिर्पोट नेगेटिभ देखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL