Logo

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार नाघ्यो, यस्तो छ पछिल्लो अवस्था (अपडेट)

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार नाघ्यो, यस्तो छ पछिल्लो अवस्था (अपडेट)



काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार ४ सय ८ पुगेको छ भने संक्रमितको संख्या १ करोड ६८ लाख ९२ हजार ३ सय १९ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ४ लाख ५६ हजार ३ सय ७ जना उपचारपछि निको भएका छन् ।

laxmi

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ५२ हजार ३ सय २० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ९८ हजार ३ सय ४३ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ८८ हजार ६ सय ३४ पुगेको छ भने संक्रमितको संख्या २४ लाख ८४ हजार ६ सय ४९ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार ५ सय ४ पुगेको छ भने संक्रमितको संख्या ८ लाख २३ हजार ५ सय १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL