Logo

अर्थमन्त्रीले भने-हाल उठाउँदै आएको राजस्वले दायित्व धान्दैन, त्यसैले राजस्व वृद्धिको तयारी गरिएको हो

अर्थमन्त्रीले भने-हाल उठाउँदै आएको राजस्वले दायित्व धान्दैन, त्यसैले राजस्व वृद्धिको तयारी गरिएको हो



काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले हाल उठाउँदै आएको राजस्वले राज्यको दायित्व नधान्ने हुनाले करका दरहरु बढाएको बताएका छन् । आईतबार संघीय संसदको प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

अर्थमन्त्रीले कोरोना भाईरसको महामारीका कारण हाल दैनिक उठाईँदै आएको राजस्वले राज्यको दायित्व बहन गर्न नसक्ने बताए ।

उनले सोही अनुसार सरकारले कर उठाउने दायरा प्रसार गरेको बताए । यस्तै उनले पछिल्लो समय विभिन्न सरकारी निकायहरुको कोषको रकम मुद्धती खातामा जम्मा हुने तर राष्ट्र ऋणमा डुब्ने प्रवृत्ति बढेकाले विभिन्न कोषहरुको रकम सरकारको दायरामा ल्याएको समेत बताए ।

केही महिना अघि मात्रै नेपाल दूरसंचार प्राधिकरणको ग्रामिण दूरसंचार विकास कोषको रकम अर्थमन्त्रालयको राजस्वमा दाखिला गरिएको थियो । सोही अनुसार सरकारले सरकारको केही रकम मुद्धती खातामा जम्मा हुने र खर्च नचल्ने हुनाले यस्तो गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL