Logo

कोरोना भाईरसका बिरामीलाई अस्पतालले औषधिको रुपमा दिन थाल्यो गाँजा

कोरोना भाईरसका बिरामीलाई अस्पतालले औषधिको रुपमा दिन थाल्यो गाँजा



काठमाडौं । अनुसन्धानकर्ताहरुले गाँजालाई मानव शरीरमा उत्पन्न हुने नकारात्मक भाईरसको फैलावट रोक्न मद्धत पुग्ने भन्दै यसमा गहिरो अनुसन्धान गरिरहेका छन् । यसै आधारमा ईजरायलस्थित एक अस्पतालमा भने कोरोना भाईरसका बिरामीमाथि यसको परीक्षण सुरु गरिएको छ ।

ईजरायलको तेलअभिवस्थित इचिलो अस्पतालका दर्जनौं कोरोना भाईरस संक्रमितमाथि यसको परीक्षण गरिँदै आएको छ । सिनियर एनेस्थेसियोलजिस्ट बाराक कोहेनले गाँजाले कोरोना भाईरसविरुद्ध विभिन्न लक्षणलाई कम गर्ने गरि काम गरिरहेको बताए ।

तेलअभिव अस्पतालका डाक्टरहरुले कोरोना भाईरसले मानव शरीरको फोक्सोमा पर्ने असरलाई कम गर्नका लागि गाँजाको माध्यमबाट एक औषधी बनाउँदै छन् ।

यस्तै हाईफास्थित टेक्नियन ईन्स्टिचयुटले पनि गाँजाको माध्यमबाट भाईरसको प्रभाव घटाउन मिल्नेगरी २ प्रकारका औषधी बनाईरहेको जानकारी दिएको छ । ईन्स्टिच्युटका अनुसार उक्त पहिलो औषधीले मानव शरीरमा रोगप्रतिरोधी क्षमताको विकास गरिदिनेछ भने दोस्रो औषधिले भाईरसलाई आकर्षित गर्ने मानव शरीरको कोषमा भएका रिसेप्टरलाई केही हदसम्म निस्क्रिय गरि भाईरस अट्याकलाई कम गर्नेछ ।

ईस्टिच्युटका प्रोफेसर डुडी मेईरीका अनुसार विभिन्न २ तहमा गाँजाको अध्ययन भईरहेको छ । उनका अनुसार गाँजामा पाईने मानव शरिरलाई आवश्य रोग प्रतिरोधी क्षमता र यसमा भएका अणुहरुको विशेषताको बारेमा ईन्स्टिच्युटले अध्ययन गरिरहेको छ ।

Source : www.breitbart.com/

प्रतिक्रिया दिनुहोस्
MBL