Logo

नेपाल र तीब्बतको संयुक्त लगानीमा कम्पनी स्थापना गरिदै

नेपाल र तीब्बतको संयुक्त लगानीमा कम्पनी स्थापना गरिदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

६ भदौ,काठमाडौं । नेपाल र तिब्बतका निजी कम्पनीहरुबीच संयुक्त लगानीका कम्पनी स्थापना गर्ने सम्झौता भएको छ ।

शनिवार एक कार्यक्रमबीच सिएनआइको सहयोग र संयोजनमा ७ निजी कम्पनी वीच लगानी तथा व्यापार विस्तारका लागि जोइन्ट भेन्चर गर्न सहमति पत्रमा हस्ताक्षर भएको हो । चीनको तिब्बत अटोनोमस रिजन(टीआरए) मा डेप्युटी महासचिव केन्डेन नाजीको नेतृत्वमा नेपाल भ्रमणमा आएका सरकारी तथा व्यापारिक टोलिसंगको अन्तक्रिया कार्यक्रममा यस्तो हस्ताक्षर गरिएको हो ।

ती कम्पनीहरुमा तिबेत तेइन्जिन कम्पनी लिमिटेड र तुन्चे ट्रयानय हिमालयन ट्रेडिङ कम्सर्न, तिबेत ग्याज्लिङ कन्स्ट्रक्ट कम्पनी तथा शर्मा एण्ड कम्पनी प्रालि,तिबेट शानन कन्सट्रक्सन प्रोजेक्ट एण्ड मेट्रियल इण्डष्ट्रियल कर्पोरेसन तथा नेपाटप कम्पनी, तिवेत ग्याजलिङ कन्स्ट्रक्सन कम्पनी छन् । त्यस्तै ट्रयानक्वालीटी स्पा प्रालि, तिबेत खादा कन्स्ट्रसनकम्पनी तथा गोल्छा अर्गनाइजेशन,तिवेट झोन्जछिन ग्रुप लिमिटेड तथा नेपाल इण्टरनेशनल विजनेश प्रालि र छिन छिंग कन्स्ट्रक्ट कम्पनी तथा रोल्पा सिमेन्ट प्रालिबीच जोइन्ट भेन्चर का लागि हस्ताक्षर भएको हो ।

सो हस्ताक्षर वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा तथा तिबेत अटोनोमस रिजन(टीएआर) का डेप्युटी सेक्रेटरी जनरल काइदेन नाजीको उपस्थितीमा भएको हो ।

सो टोलिमा १० सदस्यीय सरकारी एवं ४० सदस्यीय व्यापारिहरु सहभागी थिए ।

साथै नेपाल तथा चीनको तिव्वतबीच पुरानो व्यापारिक सम्बन्धलाई व्यापार मेलाको माध्यमबाट सम्बन्ध विस्तार तथा लगानी भित्र्याउन नेपाल चीन उद्योग वाणिज्य संघ तथा चाइनाज टिबेत चेम्बर अफ बोडृर ट्रेड बीच द्विराष्ट्रिय लगानी विस्तार तथा व्यापारिक मेलाको आयोजना गर्न द्विपक्षीय समझदारी पत्र मा हस्ताक्षर भएको थियो ।

संघका तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र अध्यक्ष लाफा ट्रिन्ग्लेले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतामा आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनारहरु आदि कार्यक्रमहरुमा सहभागि हुन एक आपसमा सहयोग गुर्ने समेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL