Logo

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको मूल्य, साताको पहिलो दिन ७८ हजार ८ सयमा कारोबार

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको मूल्य, साताको पहिलो दिन ७८ हजार ८ सयमा कारोबार



काठमाडौं । सुनको मूल्य साताको पहिलो दिन प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो हप्ताको अन्तिम दिन शुक्रबार ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आईतबार ७ सय रुपैयाँले बढेर ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।

सुनचाँदी ब्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य भने प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ७ सय रुपैयाँले बढेर साढे ७८ हजारमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

त्यसतै चाँदी भने प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भए पनि आईतबार भने प्रतितोला ५ रुपैयाँले बढेर ९ सय २० रुपैयामा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL