Logo

पुर्ननिर्माणमा सरकारलाई निजी क्षेत्रको सहयोगको अपेक्षा, ‘तयार छौं’: निजी क्षेत्र

पुर्ननिर्माणमा सरकारलाई निजी क्षेत्रको सहयोगको अपेक्षा, ‘तयार छौं’: निजी क्षेत्र


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१८ असार,काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले पूनर्निमाणमा निजी क्षेत्रलाई सकारात्मक भुमिका निर्वाह गर्न आग्रह गरेका छन् । सरकार एक्लैले पूर्ननिर्माण सम्भव नभएकोले त्यसमा निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको बताए ।

साथै संविधानमा निजी क्षेत्रको तर्फबाट केही एजेण्डा भएका समावेस गरिने   आश्वासन दिए । उद्योग वाणिज्य महासंघको विशेष साधारण सभाको उद्दघाटनको अवसरमा उनले यस्तो बताएका हनु् ।

सो अवसरमा महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले सरकार आफैले पुनर्निमाणको काम गर्न सम्भव नभएकोले । निजी क्षेत्रका संघिय प्रतिनिधिमुलक संस्था देशैभर रहेकोले सार्वजनिक निजी साझेदारीको मोडलमा पुर निर्माणको काम अगाडी बढाउन आग्रह् गरे । ‘सरकारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा अध्ययन गर्दै छौं,’ उनले भने ‘त्यसका लागि निजी क्षेत्र तयार छ ।’

उनले राज्यले निणर्य गर्नु अगाडी सोचविचार गर्ने तथा निजी क्षेत्रसँग सहकार्य गरेर गर्न सुझाव दिए । भुकम्प लगतै सम्पूर्ण निर्माण कार्य रोक्ने, २ तला माथि नक्सापास नै नहुने जस्ता निणर्य पछी फिर्ता गरेको भन्दै यस्तो अवस्थामा विशेष ध्यान दिन आग्रह गरेका हुन् । ‘सरकारको यस्तो अस्थिर निर्णयबाट उद्योगी हतोत्साहि बन्ने वातावरण सिर्जना हुन्छ ’उनले भने ।

त्यस्तै उपत्यकालाई संकटग्रस्त क्षेत्र घेषणा गर्ने निणर्यले थप आहात पुरयाएको बताएको छन् । त्यसको असर सिधा पर्यटन व्यवसायमा परेको छ । जसले सिंगो नेपालनै भुकम्पबाट ग्रसित छ भन्ने सन्देश विश्व समुदायमा पुर्याएकाले पर्यटकको संख्या ह्वात्तै घटेको छ । त्यसैले नेपाल सुन्दर, शान्त र सुरक्षित छ भन्ने सन्देश पैmलाउन र उपतयकालाई संघटग्रस्त क्षेत्र भ िगरेको निणर्यलाई पुरविचार गर्न आग्रह गरेको । साथै अर्थ, उद्योग,वाणिज्य तथा श्रमसँग सम्बन्धित औद्योगिक व्यवसायिक ऐन,श्रम,विदुत ऐनलगायत २ दर्जन कानुन परिमार्जनको मस्यौदा तयार भएकोमा ऐन छिटो पारित गर्न माग गरेको छ ।

मुरारकाले सरकारी निकायबाट हुने निर्णय प्रक्रिया फास्ट ट्रयाक बाट गर्न आग्रह गरे । सो अवसरमा उपाध्यक्ष किशोर प्रधानले निजी श्रोत्रमा एक्यवद्धता रहेको दावी गरे । ‘सर्वसमतिमा अध्यक्ष चयनको घोषणाले यस क्षेत्रमा एक्यवद्धता छ भन्ने पुष्टि गर्छ उनले भे ।

साथै भुकम्प पिहीतहरुका लागि उद्योग वाणिज्य महासंघले १४ जिल्लामा १० १० विद्यालय बनाउन लागेको जानकारी दिए । उनका अनुसार यसका लागि शिक्षा मन्त्रालय र रोटरी क्वलहरुसँग सम्भाmैता भइसकेको छ । त्यस्तै स्वास्थ्यको क्षेत्रमा पनि महासंघले सहयोग गर्ने जानकारी दिए । महासंघको विशेष साधारण सभाले हालका कार्यवाहक अध्यक्ष पशुपति मुरारकालाई अध्यक्ष मनोनित गर्दै छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL