Logo

भ्रमण वर्षमा पहिलो उडानबाट भित्रिए ४२ जना बिदेशी पर्यटक, विमानस्थलमा गरियो स्वागत

भ्रमण वर्षमा पहिलो उडानबाट भित्रिए ४२ जना बिदेशी पर्यटक, विमानस्थलमा गरियो स्वागत



काठमाडौं । नेपाल भ्रमण बर्षको पहिलो दिनको पहिलो उडानबाट ४२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन ।

laxmi

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा खादा ओढाई स्वागत गरिएको छ । उनीहरु फ्लाई दुबईको बोईङ ७३७ बाट नेपाल आएको विमानस्थलले जानकारी दिएको छ ।

भ्रमण बर्षको अवसरमा आउने पहिलो पाहुनालाई स्वागत गर्ने कार्यक्रम अन्तरगत नै उनीहरुलाई स्वागत गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

फ्लाई दुबईको बोईङ ७३७ मा १ सय ७७ जना यात्रु मध्ये ४२ जना विदेशी पाहुना रहेको फ्लाई दुबईका एयरपोर्ट कोअर्डिनेटर कमला खड्कीले जानकारी दिएकी हुन । ४२ जना पर्यटकहरु अमेरिका, बेलायत, नेदरल्याण्ड, रसियालगायतका देशका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL